back
CTIZAN AD

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

वि.सं.२०८३ असार २ मंगलवार

336 

shares

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको नियन्त्रण सशस्त्र प्रहरी बलले हटाएको छ। पैठारी प्रक्रियामा अनियमितता हुन सक्ने आशङ्कामा दुई सातादेखि नियन्त्रणमा राखिएका सवारीसाधन छानबिनको प्रारम्भिक प्रतिवेदनमा कुनै कैफियत नदेखिएपछि आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा लगाएर फुकुवा गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका अनुसार कोरलानाका र जोमसोम क्षेत्रमा नियन्त्रणमा रहेका विद्युतीय सवारीसाधन केन्द्रीय निर्देशनअनुसार फुकुवा गरिएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले प्रारम्भिक अनुसन्धानमा कुनै समस्या नदेखिएकाले नियन्त्रण हटाइएको जानकारी दिनुभयो।

गत जेठको दोस्रो र तेस्रो सातामा मुस्ताङको उत्तरी कोरलानाका हुँदै बिवाइडी कम्पनीका ७७५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ सवारीसाधनको मुस्ताङ भन्सार कार्यालय नेचुङबाट भन्सार जाँचपास भइसकेको थियो। चीनबाट आयात गरिएका ती सवारीसाधन साइमन इन्कले नेपाल भित्र्याएको जनाएको छ।

आयात प्रक्रियामा कैफियत हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरीले विभिन्न स्थानमा सवारीसाधन नियन्त्रणमा लिएको थियो। त्यसअनुसार कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोम क्षेत्रमा २६६ तथा कोरलानाकामा ३९४ गरी कुल ७७५ सवारीसाधन नियन्त्रणमा राखिएको थियो।

घटनाबारे अनुसन्धान गर्न अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखाका प्रमुख निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले गत जेठ २१ गतेदेखि कास्की, पर्वत, जोमसोम र कोरलानाका क्षेत्रमा स्थलगत अनुगमन तथा अनुसन्धान सुरु गरेको थियो।

समितिको प्रारम्भिक प्रतिवेदनमा आयात गरिएका विद्युतीय सवारीसाधनमा कुनै स्पष्ट कैफियत फेला नपरेको निष्कर्ष निकालिएपछि नियन्त्रण हटाउने निर्णय गरिएको जनाइएको छ।

फुकुवापछि जोमसोम बसपार्कमा राखिएका २६६ सवारीसाधनमध्ये आइतबार र सोमबारसम्म २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ। हाल त्यहाँ ४३ वटा सवारीसाधन मात्रै बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै कोरलानाकामा रहेका भन्सार जाँचपास भइसकेका सवारीसाधन पनि क्रमिक रूपमा गन्तव्यतर्फ पठाउन थालिएको छ। भन्सार प्रक्रिया पूरा नभएका सवारीसाधनको हकमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी ढुवानी गरिने जनाइएको छ।

दुई सातासम्म रोकिएका सवारीसाधन फुकुवा भएसँगै आयातकर्ता कम्पनी र व्यवसायीले राहत महसुस गरेका छन्। साथै, विद्युतीय सवारीसाधनको आपूर्ति शृंखला पुनः सहज हुने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ असार २ मंगलवार ०९:५६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...