back
CTIZAN AD

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

वि.सं.२०८३ असार २ मंगलवार

450 

shares

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि उत्पादनमा मौरीको योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पहिलो फेदीखोला मौरी दिवस तथा कृषक पाठशाला समापन कार्यक्रम ‘कृषक दिवस’ आयोजना गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष घनस्याम सुवेदीका अनुसार कार्यक्रम असार ४ गते गाउँपालिका–१ स्थित कुभिण्डे (गुरुङ खाजा घर नजिक)सञ्चालन हुनेछ ।
कार्यक्रममार्फत कृषकहरूलाई मौरीपालन सम्बन्धी व्यावहारिक ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यावसायिक मौरीपालनको विकास र आयआर्जन अभिवृद्धिमा टेवा पु¥याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा स्वस्थ रानी उत्पादन, एकीकृत शत्रु व्यवस्थापन तथा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम प्राप्त कृषक, शिक्षक तथा अन्य सहभागीलाई प्रमाणपत्र वितरण गरिनेछ । साथै, ‘अनलाइन बी हाइभ मनिटरिङ सफ्टवेयर’ को शुभारम्भ, गाउँपालिकामा उत्पादित महको प्रदर्शनी तथा बिक्री–वितरण, मौरीलाई उपयुक्त फूलका बिरुवा वितरण, विश्व वातावरण दिवसका अवसरमा सम्पन्न चित्रकला प्रतियोगिताको प्रदर्शनी तथा पुरस्कार वितरण लगायतका गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, कृषक, शिक्षक, विद्यार्थी, कृषि सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र कृषि तथा वातावरण क्षेत्रमा रुचि राख्ने सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

कार्यक्रममा पालिका क्षेत्रमा उत्पादित शुद्ध प्राकृतिक महसमेत बिक्री–वितरण गरिने जनाइएको छ ।

वि.सं.२०८३ असार २ मंगलवार १२:३४ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई...