back
CTIZAN AD

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार

420 

shares

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ ।

नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ भने यसमा ६००० एमएएच् टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध रहेको छ, जसले छिटो र प्रभावकारी चार्जिङ अनुभव प्रदान गर्छ । ७ दशमलव ३८ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन तथा ग्लोइङ लुनार डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा आईपी ६९ स्तरको पानी प्रतिरोधी सुविधा रहेको छ । यसमा १ दशमलव ५ के क्वाड–कभ्र्ड एमोलेड डिस्प्ले तथा ओआईएस सहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेरा जडान गरिएको छ । साथै, ६०५० वर्ग मिलिमिटर एरोस्पेस भीसी कुलिङ प्रणाली, १२ जिबी र्याम, २५६ जिबीसम्म स्टोरेज, जीटी बुस्ट, रियलमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स जस्ता विशेषता समावेश गरिएको छ ।

रियलमी पी३ अल्ट्रा फाइभजी (१२ जिबी + २५६ जिबी) ग्लोइङ लुनार ह्वाइट र नेप्च्युन ब्लु रंगमा रु. ६५,९९९ मा उपलब्ध हुनेछ ।

त्यसैगरी, रियलमीले पी३ फाइभजी पनि सार्वजनिक गरेको छ, जसमा स्न्यापड्रागन ६ जेन ४ फाइभजी चिपसेट समावेश गरिएको छ । दैनिक प्रयोग तथा गेमिङ अनुभवलाई ध्यानमा राखेर तयार गरिएको यस स्मार्टफोनमा ६००० एमएएच् टाइटन ब्याट्री, ४५ वाट फास्ट चार्ज, एरोस्पेस कुलिङ प्रणाली तथा १२० हर्ज एमोलेड ई–स्पोट्र्स डिस्प्ले उपलब्ध छ । यसका साथै फोनमा आईपी ६६, आईपी ६८ तथा आईपी ६९ पानी प्रतिरोधी सुविधा, ७ दशमलव ९७ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन, अधिकतम २६ जिबी र्याम र २५६ जिबी रोम, ५० मेगापिक्सेल कृत्रिम बुद्धिमत्ता क्यामेरा, एआई बुस्ट, जीटी बुस्ट, एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स २.० जस्ता सुविधा समावेश गरिएका छन् ।

रियलमी पी३ फाइभजी (८ जिबी + २५६ जिबी) स्टारलाइट ग्रीन र कोमेट ग्रे रंगमा रु.४४,९९९ मा उपलब्ध हुनेछ ।

पी३ सिरिज सार्वजनिक सँगै रियलमीले नेपाली उपभोक्तालाई नवीन प्रविधि, आकर्षक डिजाइन तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ ।

वि.सं.२०८३ असार २ मंगलवार १३:५१ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...