विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार केदारप्रसाद गुरागाँई २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरेका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नवराज चापागाँई ११ हजार ३०० मत प्राप्त गर्नुभएको छ ।
सो गाउँपालिकाको १० वडा मध्ये नेपाली कांग्रेसका ६ नेकपा (एमाले)का ३ , १ वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको छ । मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
वि.सं.२०७९ जेठ ९ सोमवार ११:२९ मा प्रकाशित






























