काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
हालसम्म गरिएको मतगणना अनुसार साहले ४४ हजार १८३ मत ल्याएर अग्रस्थान कायम गरेका छन् भने गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ८३५ मत प्राप्त गरेर दोस्रो बनेकी छन् ।
त्यसैगरी एमालेबाट मेयरका उम्मेदवार रहेका केशव स्थापितले २५ हजार २२ मत प्राप्त गरेका छन् ।
महानगरको उपप्रमुख पदमा नेकपा एमालेकी सुनिता डंगोलले ४५ हजार ८७५ मत प्राप्त गरेर झण्डै तेब्बर मतसहित अग्रस्थानमा रहेकी छन् भने गठबन्धनका साझा उम्मेदवार एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७९ जेठ ९ सोमवार ११:३४ मा प्रकाशित






























