काठमाडौं । नेपाली कांग्रेसले पत्रकार सम्मलेनको आयोजना गर्न लागेको छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे आयोजना हुने उक्त पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचन र त्यसको परिणाम लगायतका विषयमा जानकारी दिइने बताइएको छ ।
मुख्यसचिव कृष्ण पौडेलका अनुसार पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थिति रहने उक्त पत्रकार सम्मेलनमा कांग्रेसका आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइनेछ ।
वि.सं.२०७९ जेठ ९ सोमवार ११:४८ मा प्रकाशित






























