back
CTIZAN AD

स्थानीय चुनाव : कुन दलले कति जिल्लामा जित्न सकेनन् उम्मेदवार ?

वि.सं.२०७९ जेठ ९ सोमवार

816 

shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९ पालिकाको निर्वाचन परिणाम आइसकेको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएका र मतगणना जारी रहेका कतिपय जिल्लामा मुख्य राजनीतिक दल नै शून्य अवस्थामा देखिएका छन् । ठूला मानिएका कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका दलहरुको प्रतिनिधित्व कतिपय जिल्लामा हुन सकेको छैन ।

हालसम्मको चुनावी परिणामअनुसार एकीकृत समाजवादी ६३ जिल्लामा, माओवादी केन्द्र २६ जिल्लामा, एमाले ९ जिल्लामा र कांग्रेस २ जिल्लामा शून्य भएका छन् । ७ सय ५३ पालिकामध्ये २४ पालिकाको मतगणना आउन बाँकी छ । मतगणनाको अन्तिम नतिजा आउँदा कतिपय जिल्लामा दलहरुको उपस्थिति भने देखिन सक्छ ।

सोमबार दिउँसोसम्मको परिणामअनुसार नेपाली कांग्रेसले ३ सय २० स्थानमा प्रमुख जितेको छ भने नेकपा एमालेले १ सय ९८ स्थानमा जितेको छ । त्यसैगरि, माओवादी केन्द्रले १ सय २० स्थानमा जितेको छ भने नेकपा (एकीकृत समाजवादी)ले १७ स्थानमा जितेको छ । जनता समाजवादी पार्टीले हालसम्म २९ र लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेका छन् ।

६५ जिल्लामा जसपा शून्य

कैलाली, कञ्चनपुर, डडेलधुरा, बतैडी, अछाम, दार्चुला, डोटी, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पा, सल्यान, रुकुम पश्चिम, बर्दिया, दाङ, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, पाल्पा, रुकुम पूर्व, नवलपरासी, नवलपुर, बाग्लुङ, म्याग्दी, स्याङ्जा, पर्वत, मुस्ताङ, मनाङ, कास्की, तनहुँ, लमजुङ, गोरखा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपाल्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, धादिङ, रसुवा, सिन्धुली, रामेछाप, दोलखा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, खोटाङ र सोलुखुम्बु ।

६३ जिल्लामा एकीकृत समाजवादी शून्य

कञ्चनपुर, डडेलधुरा, बतैडी, अछाम, दार्चुला, डोटी, बाजुरा, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, हुम्ला, जुम्ला, रुकुम पश्चिम, बर्दिया, बाँके, दाङ, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, रुकुम पूर्व, नवलपरासी, नवलपुर, बाग्लुङ, म्याग्दी, स्याङ्जा, पर्वत, मुस्ताङ, मनाङ, कास्की, तनहुँ, लमजुङ, गोरखा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, सिन्धुली, रामेछाप, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, ताप्लेजुङ, पाँचथर, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र सुनसरी ।

२६ जिल्लामा माओवादी केन्द्र शून्य

बाजुरा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपुर, म्याग्दी, स्याङ्जा, पर्वत, मुस्ताङ, मनाङ, कास्की, लमजुङ, चितवन, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, पर्सा, महोत्तरी, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरी ।

९ एमाले शुन्य

डडेलधुरा, कालिकोट, हुम्ला, मुगु, जुम्ला, रुकुम पश्चिम, बाँके, रुकुम पूर्व र गोरखा ।

२ जिल्लामा कांग्रेस शुन्य

दार्चुला र रुकुम पूर्व ।

वि.सं.२०७९ जेठ ९ सोमवार १६:०४ मा प्रकाशित