back

किन गिर्दो छ एमालेको भविष्य ?

वि.सं.२०७९ जेठ ९ सोमवार

168 

shares
NTC AD
Global IME AD

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा बढी पाउनै सक्दैन्थ्यो । पाएन पनि । उता विभाजित एकीकृत समाजले जति ल्यायो, त्यो पनि अपेक्षा गरेकै तहमा थियो । त्योभन्दा उसको संगठन नै थिएन । जति ल्यायो पुग्दो ल्यायो ।

केपी शर्मा ओली विशेष सहयोगीहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु पौडेल, शंकर पोखरेल, सूर्य थापालगायतका पात्रहरुको उक्साहटमा जसरी अगाडि बढे न त्यो एमालेको हितमा थियो, न भविष्मा हुनेछ । ओलीले चालेकाे कदम एमालेका लागि गलत मात्र थिएन, त्यो ध्वंसकाे बाटाे थियो। ओलीलाई यो दुनियाँको सर्वज्ञानि भन्ने भ्रम छरियो। देवत्वकरण गर्ने कोशिश गरियो । यसले एमालेको ओरालो यात्रालाई रोकेन र रोक्ने छैन।

दम्भ र घमण्ड रहिरहे आउँदो चुनावमा एमालेको लागि थप दुःखद हुनेछ । स्थानीय चुनाव र केन्द्रिय चुनावमा फरक हो र फरक हुन्छ । जनतासँग भिजेका स्थानीय नेताले चुनाव जित्नु र केन्द्रको चुनावमा आकाश जमिनको फरक हुन्छ । एमाले टिकेको नेताले होइन, स्थानीय कार्यकर्ताको जोड बलले हो । जसले स्थानीय चुनावमा एमालेको लाज ढाकिदिए । एमालेको दुखान्त दिन योभन्दा बढी देख्न नपरोसस् आउँदो चुनावमा ।

माधव नेपालको पार्टी जित्नभन्दा हराउन स्थापना भएको थियो । उसले करिब आफ्नो लक्ष्य पुरा ग¥यो । आउदो चुनावमा फेरि यहि गठबन्धन जारी रह्यो भने एकीकृत समाजवादीले २५/३० सिट जित्न सक्छ । उसले नेकपा एमालेलाई आफूभन्दा दोब्बर ठूलो पार्टी हुन दिने छैन ।

ओलीले चालेकाे कदम एमालेका लागि गलत मात्र थिएन, त्यो ध्वंसकाे बाटाे थियो। ओलीलाई यो दुनियाँको सर्वज्ञानि भन्ने भ्रम छरियो। देवत्वकरण गर्ने कोशिश गरियो । यसले एमालेको ओरालो यात्रालाई रोकेन र रोक्ने छैन। दम्भ र घमण्ड रहिरहे आउँदो चुनावमा एमालेको लागि थप दुःखद हुनेछ

ओलीलाई जसरी एउटा राजनेताको पगरी दिइदै छ । त्यो पगरी वर्तमान परिवेशमा कायम रहेमा मङ्सिर पछि एमालेका खलनायक नेता हुनेछ्न । त्यो दुर्दिन कसरी खप्ने हो एमालेले । ओलीकै कारण ओरालो लाग्दै गएको माओवादी केन्द्रलाई जबरजस्त रुपमा एउटा बलियो शक्तिको रुपमा स्थापना गरिदियो। सत्ताबाट धेरै टाढा गएको नेपाली काङ्ग्रेसलाई फेरी सत्तामा ल्यादियो। कुबुद्धिले काङ्ग्रेसलाई प्राण दान भयो। ठूलो पार्टी उसैको कारण बन्यो। काङ्ग्रेसले धन्यवाद दिए हुन्छ ओलीलाई ।

स्थानीय चुनावको हार पछि ओलीले जुन रुपमा माओवादीलाई दूध भात दिने भनेर भनिरहेका छन्, त्यो अब सजिलै बिक्ने सम्भावना छैन । हिजो अदालतका माध्यमबाट नेकपा विभाजन हुँदा दीपावली गर्न लगाउने पात्र उनै थिए । कति दुरदर्शिता छन् भन्ने कुरा त्यसैले प्रमाणित गर्दछ । भलै उनले फेरी ललिपप दिन छोड्ने छैनन् माओवादी केन्द्रलाई । तर अब एमालेको हैसियत बराबर बाहेक माओवादीवादी केन्द्र मिल्ने सक्ने सम्भावना कम छ । त्यो पनि उधारो मान्ने छैन।

एउटा हुँकार र घमण्डले नेकपा एमाले दुब्लो भयो र बनाइयो । सुधार गर्ने बाटोमा ओली गएमा अझै समय छ । तर अब उनका सिङ्ग, दारा र चिथोर्ने नङ्ग्रा हुने छैनन् । पार्टीमा एउटा तानाशाहका रुपमा पनि रहने छैनन् । एमालेलाई एउटा कम्युनिस्ट नामको समाजवादी पार्टी बनाउने हो, एउटा लोकतान्त्रिक पार्टी बनाउने हो भने ओलीको घमण्ड ब्रेक लागेकै हुनुपर्छ। अन्यथा एमाले एउटा बलियो पार्टी हुन सक्दैन । ९ महिनासम्म संसद बन्धक बनाउनु र बिना निष्कर्ष त्यसबाट पछि हट्नुले एउटा दिशाहिन र सनकको भरमा चल्ने पार्टीको रुपमा रहेको पुष्टि गर्दछ । एमाले लोकतान्त्रिक पार्टी भइरहन तथा एउटा शक्तिशाली पार्टी बनिरहन ओली ओझेलमा पर्नै पर्छ । न ओली मदन बन्न सके, न उनी मनमोहन बन्न सके । मात्र उनी हाँस्य पात्र बने । कलाकार रुपमा पछिसम्म मानिसले सम्झने छन् । अब धेरै विकल्प छैनन् उनीसँग मात्र सच्चिने वा चाउरिने !

एमालेलाई एउटा कम्युनिस्ट नामको समाजवादी पार्टी बनाउने हो, एउटा लोकतान्त्रिक पार्टी बनाउने हो भने ओलीको घमण्ड ब्रेक लागेकै हुनुपर्छ। अन्यथा एमाले एउटा बलियो पार्टी हुन सक्दैन ।

अझै बुद्धि फिर्छ र स्थानीय चुनावलाई निर्मम समिक्षा गर्छन् र आगामी दिन उज्जल बनाउन सक्छन् । अन्यथा, एउटा चाउरिदै गएको पार्टीमा एमाले रुपान्तरण निश्चित छ । त्यो बेलासम्म माधव नेपाल सकिएलान् । उनको पार्टी सानो होला । तर, उनको पार्टीले एमालेलाई फुच्चे पार्टी बनाउन सक्ने सामर्थ्य राख्छ । माधव नेपाल एउटा माने पनि नमाने पनि फिगर हो । जहाँ माधव नेपाल हुन्छन् त्यहाँ केही न केही शक्ति हुन्छ । भलै माधव नेपाल एउटा परिक्षण गरिएका पात्र हुन् । उसबाट धेरै कायापलट हुने उपेक्षा गर्नु चाहिँ बेकार हो ।

वि.सं.२०७९ जेठ ९ सोमवार १६:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

ईश्वर पोखरेल, काठमाडौँ  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा...

यसरी रोक्न सकिन्छ युवा पलायन 

यसरी रोक्न सकिन्छ युवा पलायन 

प्रेमलकुमार खनाल औषत वार्षिक १० लाख युवा कामको खोजीमा विदेशीन...

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

पार्क थेयङ, काठमाडौँ । नेपालमा आगामी वैशाख १६ र १७...

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै...

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

दण्ड अपराधको परिणाम हो।यसको सोझो सम्बन्ध समाजसँग हुन्छ।अपराधविहिन समाजको कल्पना...