back
CTIZAN AD

बजेटबारे विष्णु पौडेलकाे टिप्पणी : सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो

वि.सं.२०७९ जेठ १७ मंगलवार

861 

shares

काठमाडौं । नेकपा (एमाले)का उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने आठ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य सरकारले लिएको आरोप लगाए ।

स्रोत साधानको प्रयोगबाट आर्थिक वृद्धि हुने भन्दै उनले पुँजी लगानी नै अपुग रहेको बताए । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशमा रहेको आर्थिक संकट अन्त्य गर्नभन्दा पनि थप जटिलता थप्नेखालको रहेको उनको टिप्पणी छ ।

बजेटमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको बताएका उनले भने, ‘यो बजेट सुख्खा जमिनमा घस्रने खोजेको चिप्ले किरा जस्तो छ ।’

बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसक्ने दाबी गर्दै पूर्वअर्थमन्त्री पौडेलले सरकार राष्ट्रिय संकल्पबाट भागेको आरोप लगाए ।

बजेटमा समग्रमा वित्तीय क्षमताभन्दा खर्च बढीको प्रस्ताव गरिएको भन्दै उनले प्रस्ताव गरिएबमोजिम स्रोत जुट्ने आधार नरहेको बताए ।

वि.सं.२०७९ जेठ १७ मंगलवार ११:५० मा प्रकाशित

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...