काठमाडौं । विदेशमा बस्ने नेपालीहरुको मताधिकारबारे नेपाली कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले आज बिहान ११ बजे निर्वाचन आयोगमा पुगेर प्रवासी नेपालीहरुको मताधिकारबारे निर्वाचन आयोगका आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउने बताइएको छ ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकारको व्यवस्थका लागि कानुन निर्माण गर्न परमादेश जारी गरिसकेको अवस्थामा निर्वाचन आयोगले उनीहरुको मतदानको व्यवस्था गर्न नसकिरहेको बेला कांग्रेसले आयोगमा पुगेर यसबारे निर्वाचन आयुक्तको ध्यानाकर्षण गराउने भएको हो ।
वि.सं.२०७९ असार ७ मंगलवार ०९:०२ मा प्रकाशित






























