back
CTIZAN AD

एकिकृत समाजवादीको पोलिटव्युरो र केन्द्रीय कमिटीको बैठक असार १० र ११ गते

वि.सं.२०७९ असार ७ मंगलवार

672 

shares

काठमाडौं । नेकपा (एकिकृृत समाजवादी) पार्टीले पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

यहि असार १० र ११ गतेका लागि बोलाईएको उक्त बैठकमा स्थानीय निकायको निर्वाचनको समिक्षा तथा विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीलाई विजयी बनाउनका लागि देशैभरी संचालन गरिने कार्यक्रम, कार्ययोजना तथा आवस्यक रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा केन्द्रीय नेताहरुले आफ्नो क्षेत्र, प्रदेशमा संगठनको अवस्था, संगठन विस्तारको कार्ययोजना लगायतका विषयमा प्रतिवेदन पेश गर्ने तयारी रहेको समेत बताइएको छ ।

त्यस्तै आगामी निर्वाचनमा गठबन्धनभित्रै रहेर चुनावी तालमेल गर्ने वा गठबन्धनबाट बाहिरीएर आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने हुने भन्ने विषयमा समेत छलफल गरिने बताइएको छ ।

यसअघि बैशाख ३० गते भएको स्थानीय निकायको निर्वाचनमा गठबन्धनभित्रका दलहरु तालमेल गरेर जाँदा पनि एकिकृत समाजवादीका लागि चुनावी परिणाम सकारात्मक नआएको भन्दै त्यसको गम्भीर समिक्षा गरिने बताउँदै आएको छ ।

त्यसैगरी असार १३ र १४ गते केन्द्रीय परिषद्को बैठक हुने पनि सो पार्टीले जनाएको छ ।

वि.सं.२०७९ असार ७ मंगलवार ०८:२९ मा प्रकाशित

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...