back
CTIZAN AD

फिलिपिन्समा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमितको सङ्ख्या

वि.सं.२०७९ असार ७ मंगलवार

747 

shares

मनिला, ६ साउन । फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ ।

केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भए पनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् ।

“अहिलेको तथ्याङ्का हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,” स्वास्थ्य मन्त्रालयका उप सचिव मारिया रोसारियो भेर्गेइरले भने ।

उनले अहिलेको तीव्र वृद्धिको अवस्था हेर्दा सङ्क्रमितहरूको सङ्ख्या अझै धेरै उचाइमा पुग्ने देखिएको छ ।

गत सन् २०२१ को सेप्टेम्बर र स्न २०२२ को जनवरीमा पनि यस्तै अवस्था देखिएको समेत उहाँले जानकारी दिनुभयो । एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमित भएको यही वर्षको जनवरी १५ मा हो । उहाँका अनुसार सो दिन ३९ हजार चार जना नयाँ सङ्क्रमित भएका थिए ।

अहिले पछिल्लो हप्ता भने औसतमा दुई हजार ४५८ जना नयाँ सङ्क्रमित भएका थिए । सिन्ह्वा

वि.सं.२०७९ असार ७ मंगलवार ०७:५५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...