back
CTIZAN AD

पश्चिमा मुलुकहरूले प्रतिबन्ध लगाएपछि रूसी तेलको निर्यात चीनतर्फ बढ्यो

वि.सं.२०७९ असार ७ मंगलवार

807 

shares

बेइजिङ । चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा वृद्धि गरेको छ । युक्रेनको आक्रमणमा रुसी ऊर्जा खरिदमा पछाडि पर्ने पश्चिमी राष्ट्रहरूको नोक्सानीलाई कम गर्न सहयोग गरेको चिनियाँ भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्कले सोमबार देखाएको छ ।

पश्चिमा मुलुकहरूले युक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । उसको युरोप जाने तेललाई अन्य क्षेत्रमा विस्तार गर्ने नीति रहेको छ ।

चीनको तेल आयातको यो वृद्धिलाई हेर्दा अहिले रूसले साउदी अरबलाई चीनको प्रमुख तेल प्रदायक बन्नबाट उछिनेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनले गत महिना रूसबाट करिब ८४.४२ मिलियन टन तेल आयात गरेको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत वृद्धि हो । चीनले मे महिनामा साउदी अरेबियाबाट ७ अर्ब ८२ करोड टन तेल आयात गरेको थियो ।

ब्लूमबर्ग न्युजले बताएअनुसार चीनले गत महिना ७.४७ अर्ब अमेरिकी डलर मूल्यको रूसी ऊर्जा उत्पादनहरू किनेको थियो र यो अप्रिलको तुलनामा झन्डै एक अर्ब अमेरिकी डलर बढी थियो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको विश्वव्यापी तेल कारोबारबारे पछिल्लो प्रतिवेदनअनुसार गत दुई महिनामा भारतले जर्मनीलाई रुसी कच्चा पदार्थको दोस्रो ठूलो आयातकर्ताको रूपमा उछिनेको छ । चीन सन् २०१६ देखि कच्चा तेलका लागि रूसको सबैभन्दा ठूलो बजार भएको छ । एएफपी

वि.सं.२०७९ असार ७ मंगलवार ०७:५३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...