back
CTIZAN AD

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

वि.सं.२०८३ असार ९ मंगलवार

168 

shares

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ । बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरु समेत हटाइएका छन् ।

विसं २०३० मा बसपार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ गर्ने काम सुरु गरिएको हो । संरचना हटाएको क्षेत्रमा सरसफाइ गरेर सम्याइएको छ । महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुमवासी बस्ती खाली गर्न भने अझै बाँकी छ । बसपार्कभित्र तीन वटा सुकुमवासी बस्तीमा ५७२ घर परिवारले जग्ग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् । महानगरले सुकुमवासीलाई अन्यत्र व्यवस्थापनपछि मात्र अतिक्रमति घर टहरनामा डोजर चलाउने जनाएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले सुकुमवासी बस्तीको व्यवस्थापन नगरिकन उनीहरुलाई त्यहाँबाट नहटाइने बताउनुभयो । उहाँले भन्नुभयो, “सुकुमवासी बस्तीका साथीहरूको डकुमेन्ट भेरिफिकेसनसहित विवरण छानबिन भइरहेको छ । केही व्यक्तिहरुले तीनपुस्ते सही विवरण नदिएको तथा झुट्टा विवरण दिएको पाइएको छ ।

यस्तो झुटो विवरण प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुन्छ । विवरण प्रमाणित गर्ने काम पूरा भएलगत्तै सुकुम्वासी बस्ती स्थानान्तरण प्रक्रिया गछौँ ।” प्रमुख आचार्यले सुकुमवासी बस्तीको व्यवस्थापन नगरी हटाइने छैन भन्ने प्रतिबद्धता महानगरबाट पटक–पटक दोहो¥याइए पनि केही गैरसुकुमवासी व्यक्तिहरू तथा असम्बन्धित व्यक्तिहरू बस्तीभित्र प्रवेश गरी गलत सूचना दिने र भड्काउने कार्य भएको पाइएकाले यसप्रति कसैले पनि भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।

महानगरपालिकाले हाल डोजर लगाएर खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गासहित पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भएपनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।

महागरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णय लगायतको विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुन सकेको छैन । बसपार्कभित्रका सुकुमवासीहरु आफूहरुको अन्यत्र व्यवस्थापन हुनेबित्तिकै बस्ती खाली गर्न तयार रहेको बताएका छन् । सुकुमवासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले विकल्प पाउनसाथ बसोबास गरिरहेको स्थानबाट हट्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“बसपार्क लामो समयअघिको योजना हो तर हामीलाई देखाएर बन्न सकेको छैन । हामी विकासविरोधी होइनौँ, बाधक बन्दैनौँ, महानगरले हामीलाई कहाँ गएर बस्ने भन्ने ठाउँ देखाइदियोस् हामी जान तयार छौँ ।”

वि.सं.२०८३ असार ९ मंगलवार १३:१४ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...