back
CTIZAN AD

बागमतीमा गठबन्धनभित्र किचलो : कांग्रेसले सार्वजनिक गर्‍यो लिखित सहमति

वि.सं.२०७९ असार ९ बिहीवार

663 

shares

काठमाडौं । बागमती प्रदेश सरकार गठनका बेला सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएको लिखित सहमति सार्वजनिक भएको छ । आधा–आधा समय मुख्यमन्त्री बनाउने गरि भएको सहमति कार्यान्वयन नभएपछि सत्ता साझेदार नेपाली कांग्रेसले सार्वजनिक गरेको हो ।

तीन दलबीच भएको लिखित सहमतिमा एकीकृत समाजवादीले आधा कार्यकाल र कांग्रेसले आधा कार्यकाल सरकार चलाउने उल्लेख छ । २०७८ साल कात्तिक ७ गते भएको सहमतिमा एकीकृत समाजवादीको तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डे, कांग्रेसको तर्फबाट इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रको तर्फबाट सालिकराम जमरकट्टेलको हस्ताक्षर छ ।

तीन दलबीच भएको सोही सहमतिपश्चात नै कात्तिक ११ मा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए । आधा/आधा कार्यकाल कांग्रेस र एकीकृत समाजवादीले नेतृत्व गर्ने सहमति कार्यान्वयन नभएपछि सरकार गठनको झण्डै ९ महिनापछि सहमति बाहिरिएको हो ।

सरकारले आगामी मंसिरमै प्रदेश र संघको निर्वाचन गराउने तयारी गरेको छ । जसअनुसार प्रदेश सरकारको कार्यकाल मात्रै ५ महिना छ । तर, आधा/आधा नेतृत्व गर्ने सहमति प्रति एकीकृत समाजवादी मौन छ । कांग्रेसले आफ्नो असन्तुष्टीस्वरुप लिखत सहमति सार्वजनिक गरेको हो ।

यस्ताे छ पत्र

वि.सं.२०७९ असार ९ बिहीवार १५:५४ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...