
काठमाडौं । बागमती प्रदेश सरकार गठनका बेला सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएको लिखित सहमति सार्वजनिक भएको छ । आधा–आधा समय मुख्यमन्त्री बनाउने गरि भएको सहमति कार्यान्वयन नभएपछि सत्ता साझेदार नेपाली कांग्रेसले सार्वजनिक गरेको हो ।
तीन दलबीच भएको लिखित सहमतिमा एकीकृत समाजवादीले आधा कार्यकाल र कांग्रेसले आधा कार्यकाल सरकार चलाउने उल्लेख छ । २०७८ साल कात्तिक ७ गते भएको सहमतिमा एकीकृत समाजवादीको तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डे, कांग्रेसको तर्फबाट इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रको तर्फबाट सालिकराम जमरकट्टेलको हस्ताक्षर छ ।
तीन दलबीच भएको सोही सहमतिपश्चात नै कात्तिक ११ मा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए । आधा/आधा कार्यकाल कांग्रेस र एकीकृत समाजवादीले नेतृत्व गर्ने सहमति कार्यान्वयन नभएपछि सरकार गठनको झण्डै ९ महिनापछि सहमति बाहिरिएको हो ।
सरकारले आगामी मंसिरमै प्रदेश र संघको निर्वाचन गराउने तयारी गरेको छ । जसअनुसार प्रदेश सरकारको कार्यकाल मात्रै ५ महिना छ । तर, आधा/आधा नेतृत्व गर्ने सहमति प्रति एकीकृत समाजवादी मौन छ । कांग्रेसले आफ्नो असन्तुष्टीस्वरुप लिखत सहमति सार्वजनिक गरेको हो ।
यस्ताे छ पत्र