back
CTIZAN AD

रुपन्देहीकी सुविना गिरी मृत्य प्रकरण : ‘झुण्डिएको नभई घाँटी थिचेर हत्या’

वि.सं.२०७९ असार ९ बिहीवार

963 

shares

रुपन्देही । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले आज पक्राउ गरेको हो ।

शव परीक्षण रिपोर्टमा झुण्डिएको नभई घाँटी थिचिएका कारण मृत्यु भएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

“शव परीक्षण रिपोर्टमा झुण्डिएर नभई ‘नेक प्रेसर’का कारण मृत्यु भएको भन्ने आयो त्यसैले घटना शङ्कास्पद छ, अब आरोपितबाट पनि धेरै कुरा खुल्छ”, प्रमुख केसीले भने ।

सुविनाका श्रीमान् सञ्जयले सुविनालाई तिलोत्तमा–६ पश्चिम पहुनीमा रहेको मिलन फेमिली रेष्टुरेन्टको कोठामा जेठ ३१ गते राति १ बजे झुण्डिएको अवस्थामा फेला पारी सुविनालाई क्रिमसन अस्पताल पु¥याएपछि आफन्तलाई खबर गरेका थिए । सुविनालाई अस्पताल पु¥याउँदा चिकित्सकले पहिले नै मृत्यु भएको बताएका थिए ।

यता सुविनाको घाँटी थिचेर मृत्यु भएको पुष्टि भएकाले दोषीलाई कारबाही गर्न सुविनाका आफन्तले माग गरेका छन् । सुविनाका बाबु नरु गिरीले शव परीक्षण रिपोर्टअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्याय दिन आग्रह गर्नुभयो । “शव परीक्षण रिपोर्टले घाँटी थिचेर हत्या भएपछि झुण्ड्याइएको प्रष्ट पारेको छ, दोषीलाई तत्काल कारबाही हुनुपर्छ”, उनले भने ।

यसअघि सुविनाका बाबु नरुले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यानसम्बन्धी कसुरमा छानबिन गरी कारबाही गरियोस् भनी जाहेरी दिनुभएको थियो भने बुधबार किटानीसहितको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मध्यरातमा आफ्नै आगाडि झुण्डिएको र आफैँले अस्पताल ल्याएको दाबी गरेका सुविनाका पति सञ्जयको बयानसमेत नमिलेको देखिएकाले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । गत जेठ ३० गते राति घरदेखि केही परको होटलमा झगडा भएपछि सोही होटलको कोठामा सुविना एक्कासी झुण्डिएको सञ्जयको बयान थियो । झुण्डिएको हो वा होइन भन्नेमै आशङ्का रहेका बेलामा आएको शव परीक्षण रिपोर्टले भने झुण्डिएर मृत्यु नभएको यकिन गरिदिएको छ । “घाँटीमा हातले थिचेको छ, टाउकामा पनि चोट देखिएको त्यसैले स्पष्ट भन्ने आधार छैन”, डा आहना श्रेष्ठ भन्छन् ।

झुण्डिएको अवस्थामा देख्ने कोही नभएको र पतिकै व्यवहार शङ्कास्पद लागेपछि माइतीले सुरुदेखि नै गहिरो अनुसन्धान गर्न माग गरेका थिए । झुण्डिएको भनिएको दिन बिहानैदेखि दिउँसोसम्म घरमा झगडा भएको, नन्द, आमाजुलगायतले पनि गालीगलौज गरेको, अघिल्लो रात पतिले मदिरा सेवन गरी कुटपिट गरेको, आफ्नै सामुन्ने कुटपिट गर्दा पनि सासुले रोक्ने पहल नगरेको र मानसिक तथा शारीरिक यातना दिनदिनै दिने गरेको खुलेको माइती पक्षको दाबी छ ।

सुविनाकी फूपू छमा गिरीले सुरुमै सूचना दिने बेलादेखि नै पति (सञ्जय) र परिवार तथा नातेदारको भूमिका शङ्कास्पद लागेको बताउनुभयो । झुण्डिएर मरेको भन्ने कुरा शव परीक्षणमा पुष्टि नभएपछि पतिले नै परिवार तथा नातेदारको सहयोगमा कर्तव्य गरेर मारेको आशङ्का रहेकाले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको सुविनाका काका निमु गिरी बताउँछन् ।

शरीरमा लागेको चोटपटक, भुत्ल्याइएको कपाल, नङका डाम, विभिन्न ठाउँमा निल डाम प्रष्टै दिखिएकाले पनि सुरुमै आत्महत्या होइन भन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । सुविनाको मृत्युपछि दुई नाबालक सन्तानको संरक्षण, हेरचाह र भविष्य सुनिश्चितताका लागि चल–अचल सम्पत्ति व्यवस्था गर्नसमेत माइती पक्षको माग छ । रासस

वि.सं.२०७९ असार ९ बिहीवार १५:५८ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...