back
CTIZAN AD

नारायणीमा हाम्फालेका सैनिक मृत भेटिए

वि.सं.२०७३ चैत १० बिहीवार

957 

shares

१० चैत, रत्ननगर (चितवन)-  चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ ।

नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो ।

उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

गएको चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना किशोरीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्फालेका थिए । प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरेपनि पोखरेल बेपत्ता भएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२२ की १८ वर्षीया सम्झना पौडेललाई सोही दिननै उद्धार गरिएको भएपनि पोखरेल भने बेपत्ता भएका थिए ।

पश्चिम चितवनको पार्वतीपुर निवासी २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली, चितवनमा कार्यरत थिए ।

वि.सं.२०७३ चैत १० बिहीवार ०४:४४ मा प्रकाशित

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...