back
CTIZAN AD

क्यानडामा कालीले चुरोट पिएपछि भारतमा हंगामा !

वि.सं.२०७९ असार २१ मंगलवार

738 

shares

क्यानडामा एक पोस्टरमा हिन्दुहरुकी देवी कालीले चुरोट पिएको पोस्टर सार्वजनिक भएपछि भारतमा हंगामा भएको छ ।
तमिलनाडुमा जन्मिएर क्यानडाको टोरेन्टोमा बस्ने लीना मनिमेकलाई शनिबार आफ्नो ट्विटर एकाउन्टमा हिन्दुहरुकी देवी कालीले चुरोट पिएको डकुमेन्ट्रिको पोस्टर सार्वजनिक गरेपछि यसको भारतभर आलोचना भएको छ ।

समाचार ऐजेन्सीका अनुसार मनिमेकलाईले उक्त डकुमेन्ट्रि ‘रिदम्स अफ क्यानडा’मा प्रदर्शन गर्नका लागि बनाएकी हुन् । उनले उक्त पोस्टर सार्वजनिक गरेसँगै दिल्ली प्रहरी र गृह मन्त्रालयमा उनीबिरुद्ध उजुरीहरु परेका छन् भने सामाजिक संजालमा उनको आलोचना गर्दै ह्यासट्याग समेत चलाइरहेका छन् ।

भारतीय जनता पार्टीकी पूर्व प्रवक्ता नुपुर शर्माले इस्लाम धर्मालम्बीहरुका अल्लाह पैगम्बर महम्दका बारेमा गरेको विवादास्पद टिप्पणीको बहस सेलाउन नपाउँदै क्यानडामा मनिमेकलाईले उक्त पोस्टर सार्वजनिक गरेपछि भारतीय जनता पार्टीले कालीको उक्त चुरोट पिएको तस्बिरले हिन्दुहरुको आस्थामा चोट पुर्याएको भन्दै विरोध गरिरहेका छन् ।

मनिमेकलाई भन्छिन्– म डराउँदीन

क्यानडाबाट सार्वजनिक गरिएको आफ्नो पोस्टरको भारतमा व्यापक विरोध भएपछि डकुमेन्ट्र निर्मात्री मनिमेकलाईले सामाजिक संजालमा आफ्नो साथमा गुमाउनका लागि त्यस्तो कुनै चिज नभएको बताएकी छन् ।

उनले भनेकी छन्– ‘म सधै त्यस्ता मानिसहरुको साथमा रहेर आवाज उठाउछु जो निडर भएर बोल्छन् । यदि यसको मूल्य मेरो जीवन हो भने म त्यो पनि दिन तयार छु ।’

Image

आफ्नो पोस्टरको व्यापक विरोध भएपछि मनिमेकाले तमिल भाषामा समेत लेखेकी छन्–‘यो फिल्म यस्तो घटनाको कथा हो, जसमा एकरात काली प्रकट हुन्छीन् र टोरंन्टोको सडकमा घुम्न थाल्छिन् । यदि तपाईहरु यो फिल्म हेर्नुभयो भने मेरो विरोधको ह्यासट्यागको ट्विट छोडेर माया गर्न थाल्नुहुन्छ । मलाई माया गरेको ह्यासट्याग ट्विटमा सेयर गर्नुहुन्छ ।’

 

वि.सं.२०७९ असार २१ मंगलवार १५:५९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...