back
CTIZAN AD

डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारद्धारा पवन चाम्लिङ सम्मानित

वि.सं.२०७९ असार २२ बुधवार

771 

shares

काठमाडौं । डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई प्रदान गरिएको छ । डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कलात्मक बुद्धको मूर्तिसहित पुरस्कार चाम्लिङलाई प्रदान गरेका हुन् ।

यसैगरी डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा अनोजा गुरुमालाई दिइएको छ । सम्मान पत्रसहित पुरस्कारको राशि रु एक लाख रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाली भाषा, साहित्य, संस्कृतिको उत्थानमा चाम्लिङको महत्वपूर्ण योगदान रहेको बताए । राज्यमन्त्री बोधमाया यादवले घर र पुस्तकालय देशलाई हस्तान्तरण गरी पुरस्कार पनि स्थापना गरेर स्वर्गीय रेग्मीले उदाहरणीय काम गरेको बताए । भूकम्पले क्षतिग्रस्त भवनका स्थानमा अर्को भवन बनाउन विस्तृत परियोजना प्रस्ताव तयार भएको उनले सुनाए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृतिका माध्यमबाट विश्वका नेपालीलाई एकतामा गाँस्न सकिन्छ भन्ने उदाहरण चाम्लिङ बताए । राजनीतिज्ञले राज्यलाई सम्पत्ति र पुस्तकालय दिएको उदाहरण रेग्मीले प्रस्तुत गरेको उनको भनाइ थियो ।

पुरस्कृत व्यक्तित्व चाम्लिङले आफू प्रजातान्त्रिक रुपमा पाँचपटक सिक्किमको मुख्यमन्त्री चुनिएको उल्लेख गर्दै त्यो समयमा जैविक खेतीका लागि काम गर्न सफल भएको अनुभव सुनाए । नेपाल कृषि प्रधान देश भएकाले यहाँ पनि जैविक खेतीको सम्भावना प्रचुर रहेकाले त्यसतर्फ आकर्षित हुनुपर्नेमा उनले जोड दिए । रेग्मीको नाममा स्थापना भएको पुस्तकालय विकास समितिका अध्यक्ष प्रा डा धु्रुवकुमार घिमिरेले शान्ति स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्नेलाई विसं २०७४ देखि यो पुरस्कार दिइँदै आएको जानकारी दिए ।

पुरस्कार छनोटका लागि इन्दिरा दलीको संयोजकत्वमा प्रा डा मोहन लोहनी र पूर्वसहसचिव दिनेश श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन भएको थियो ।

उक्त समितिले सर्वसम्मतरुपमा पुरस्कार छनोट गरेको पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले जानकारी दिए ।रासस

वि.सं.२०७९ असार २२ बुधवार १७:५१ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...