back
CTIZAN AD

माओवादी केन्द्रीय समितिको बैठक : प्रचण्डले जवाफ दिने, पदाधिकारी पनि चयन पनि आजै हुने

वि.सं.२०७९ असार २३ बिहीवार

735 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज ११ बजे बस्ने केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यक्रम रहेको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा असार १९ देखि २१ सम्मका लागि बोलाइएको केन्द्रीय समितिको बैठक १९ र २० गते बसेर स्थगित भएको थियो ।

बैठकमा उपस्थित अधिकांश केन्द्रीय सदस्यले बैठक लम्ब्याएर भएपनि पदाधिकारी चयन प्रक्रिया सक्नुपर्ने दवाव दिएपछि अध्यक्ष प्रचण्डले पदाधिकारी चयनका लागि २१ गते खुमलटारमा पूर्वस्थायी समितिको बैठक बोलाएका थिए । बैठकले पदाधिकारी चयनको जिम्मा प्रचण्डलाई नै दिएका थिए ।

प्रचण्डले आज २३ गते नेता तथा कार्यकर्ताबाट उठेका प्रश्नको जवाफ दिने र पदाधिकारी तथा पोलिटव्युरो समेत आजै चयन गर्ने सम्भावना रहेको छ ।

गत पुष ११ देखि १५ गतेसम्म राजधानीमा आठौ राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको माओवादी केन्द्रले तत्कालीन समयमा २३६ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । सोहि कमिटीको पहिलो बैठकले पार्टीको अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत अध्यक्ष मानेको थियो भने बाँकी पदाधिकारीहरुको टुंगो लाग्न सकेको थिए ।

वि.सं.२०७९ असार २३ बिहीवार ०९:०८ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...