back
CTIZAN AD

बाजुराकाे बुढीगंगामा फेरि गाेली चल्याे

वि.सं.२०७९ असार २३ बिहीवार

735 

shares

काठमाडाैं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानका क्रममा वडा नं ९ स्थित मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ । झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन् ।

मतदान केन्द्रमा विवाद भएपछि करिब १५ मिनेट मतदान स्थगित गरिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना हुन नदिन प्रहरीले हवाई फायर गर्नुपरेकाे जानकारी दिए ।

“केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’’ उनले भने “करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदान सुरु भएको छ ।”

गत ३० वैशाखमा स्थगित मतदान आज बिहान ७ बजेदेखि पुनः प्रारम्भ गरिएको हो । यहाँ नगरप्रमुखको पदमा नेपाली कांग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बाँनिया उम्मेदवार छन् ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । यसअघिको मतदानका क्रममा दशमध्ये छ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । निर्धारित समयमा मतदान हुन नसक्दा उक्त नगरपालिका जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

वि.सं.२०७९ असार २३ बिहीवार १३:५१ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...