काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबको रकमबाट दिवंगत र्याप गायक यमवुद्धको शालिक बनाउने बताएका छन् ।
दिवंगत यमवुद्धको शालिक महानगरले बनाउने विषयमा विवाद आएपछि साहले आफ्नै तलबबाट शालिक बनाउने बताएका हुन् ।
महानगरवासीको आवश्यकता भन्दा पनि मेयरको चाहनामा शालिक बनाउन लागिएको भन्दै आलोचना भएपछि उनले आफ्नै तलबमा यमबुद्धको शालिक बनाउने सामाजिक संजाल फेसबुकमार्फत् शनिबार घोषणा गरेका हुन् ।
वि.सं.२०७९ असार २५ शनिवार १७:४७ मा प्रकाशित




























