काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सानेपामा सुरु भएको छ ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बसेको बैठकमा भोली बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने ऐजेन्डा र भातृ संस्थाहरुको बारेमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा कार्यव्यस्तताका कारण शभापति शेरबहादुर देउवा बैठकमा उपस्थित हुन नसकेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उक्त बैठकमा संस्थापन पक्षका नेताहरु मात्र सहभागी रहेका छन् भने उता शेखर कोइराला समूह भने उनको निजी सचिवालय बिशालनगरमा आन्तरिक छलफलमा जुटेको बताइएको छ ।
कोइराला समूह सोमबारदेखि सुरु हुने केन्द्रीय समितिमा आफ्नो समूहको प्रस्तुति कस्तो रहने भन्ने विषयमा छलफलमा जुटेको बताइएको छ । पार्टी सभापति शेर बहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको आरोप लगाउँदै आएको सो समूहले भोलीको बैठकमा दबाब बढाउने देखिएको छ । कोइरालाले आफु निकटका नेताहरुलाई छलफलमा बोलाएको बताइएको छ ।
वि.सं.२०७९ असार २६ आइतवार १५:२८ मा प्रकाशित






























