back
CTIZAN AD

एमसीसीबारे माओवादीकाे निर्णय : ‘व्याख्यात्मक घोषणा’ स्वीकार नगरे निःशर्त फिर्ता

वि.सं.२०७९ असार २६ आइतवार

585 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमसीसी सम्झौतासँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाको जवाफ माग्ने निर्णय गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले १२ बुँदे व्याख्यात्मक घोषणाबारे सरकारको तर्फबाट पत्र लेखेर धारणा माग्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगरे सम्झौता स्वतः खारेज हुने बताएको छ । “नेपालको संघीय संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे ब्याख्यात्मक घोषणासहित गरिएको थियो र उक्त घोषणा अमेरिकाले स्वीकरा नगरेको खण्डमा एमसीसी सम्झौता स्वतस् खारेज हुने ब्याख्या संसदमा नै गरिएको थियो । तर अमेरिकाले अहिलेसम्म १२ बुँदे घोषणाका बारेमा कुनै प्रतिकृया दिएको देखिएको छैन”, एमसीसीसीबारे माओवादीले गरेको निर्णयमा भनिएको छ, “तसर्थ नेपाल सरकारले यथाशिघ्र अमेरिकासँग १२ बुँदे घोषणाको सम्बन्धमा उसको धारणा स्पष्ट गर्न माग गर्दै पत्र लेख्नुपर्छ ।”

माओवादी केन्द्रले एमसीसीबारे आम निर्वाचन पछि फोरम सचालन गर्ने पनि निर्णय गरेको छ । पार्टीभित्र एमसीसीबारे मतभेद कायमै रहेको निष्कर्षसहित यस्तो निर्णय गरेको हो ।

त्यस्तै, माओवादीको केन्द्रीय समिति बैठकले एसपीपी अस्वीकार गरिएको जानकारी अमेरिकाले पत्र लेखी औपचारिक रुपमै गराउनुपर्ने निर्णय पनि गरेको छ । एसपीपी राष्ट्रहितमा नभएको निष्कर्षसहित माओवादीले यस्तो निर्णय गरेको हो ।

एसपीपीबारे माओवादी केन्द्रको बैठकको निर्णयमा भनिएको छ, “अमेरिकासँगको सैन्य गठबन्धनको चरित्र अन्तर्निहित एसपीपी सम्झौता नेपालको राष्ट्रिय सार्बभौमिकता, स्वतन्त्र एवम् असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हित विपरित भएकाले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ भनेर हामो पार्टी, सम्पूर्णं देशभक्त शक्तिहरु र जनताले सशक्त आवाज उठाएपछि सरकारले त्यसलाई अघि नबढाउने निर्णय गरेको छ । राष्ट्रिय सार्वभमिकता एवम् हितका सम्बन्धमा यो सही निर्णय हो । यस सम्बन्धमा सरकारले तत्काल अमेरिकी सरकारलाई पत्र लेखी औपचारिक जानकारी गराइहाल्नु पर्दछ ।”

वि.सं.२०७९ असार २६ आइतवार १८:०७ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...