back
CTIZAN AD

चार स्रष्टालाई ‘आमा खम्बा’ पुरस्कार प्रदान

वि.सं.२०७९ असार ३२ शनिवार

807 

shares

काठमाडौँ । यस वर्षको नेपाली साहित्यका ‘आमा खम्बा’ पुरस्कार मायाँ ठकुरी, पदमावती सिंह, भगिरथी श्रेष्ठ र जलेश्वरी श्रेष्ठलाई प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अक्षलोक साहित्यिक केन्द्रद्वारा आज काठमाडौँको जमलमा आयोजना गरिएको कार्यक्रम सो सम्मान प्रदान गरे ।

त्यसैगरी सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले ‘युगल साहित्यक साधक सम्मान’ साहित्यकार मोहन दुवाल र भारती श्रेष्ठलाई तथा ‘सिद्धिश्वरमान मिलन मुक्ति सम्मान’ सुशिला प्रधानाङ्गलाई प्रदान गरेको हो । कदरपत्रसहित पुरस्कार तथा सम्मानको राशी जनही नगद रु १० रहेको छ ।

त्यस्तै ‘सिद्धिश्वरमान–चन्द्रविष्णु’ अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार शैलेन्द्रकुमार मानन्धर र ‘सिद्धिश्वरमान–महेश्वरमान सम्मान’ उत्कृष्ट प्राध्यापक प्राडा गोविन्द नेपाललाई प्रदान गरिएको छ ।

अक्षलोक साहित्यक केन्द्रका संस्थापक सिद्धिश्वरमान श्रेष्ठ हुन् । प्रगतिशिल साहित्यकार श्रेष्ठले २०३८ सालमा प्रकाशन गरेका अक्षलोक त्रैमासिक पत्रिकाले समाजका विभिन्न क्षेत्रमा रही योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

प्रगतिशील साहित्यकार श्रेष्ठको निधनपछि उनकी धर्मपत्नी डा सावित्री श्रेष्ठले ‘सिद्धिश्वरमान अक्षलोक साहित्यक केन्द्र’ मार्फत संस्थाको गतिविधिलाई निरन्तरा दिँदै आएकी छिन् । कार्यक्रममा केन्द्रकी अध्यक्ष श्रेष्ठको ‘मौनक्रन्दन’ पुस्तकको कार्यक्रमका प्रमुख अतिथि मन्त्री खापुङ, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लगायतले संयुक्त रुपमा लोकार्पण गरेकी थिइन् ।

 

वि.सं.२०७९ असार ३२ शनिवार १७:५१ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...