बिराटनगर ३ पुष्पान्जलि चोक घर भै हाल अमेरिकाको न्यूयोर्कमा रहँदै आएका सोमनाथ घिमिरे तथा उनका परिवारका अन्य सदस्यहरुले स्वर्गीय बुबाको १३ औ पुण्य तिथीमा आश्रममा रहेकाहरुलाई खाना खुवाएका छन् । घिमिरेले स्व. बुवा कुबेर चन्द्र घिमिरे(बिद्यापति) १३औं दिनको पुण्य तिथिको सम्झनामा मानवसेवा आश्रम बिराटनगर शाखाको पोखरीया सेवा केन्द्रमा बसिरहेका ९६ जनालाई भोजन गराएका हुन् ।
प्रथम मासिक भोजन सेवामा घिमिरे परिवारवाट आमा डली घिमिरे, छोरा जीवन घिमिरे, बुहारी सिता घिमिरे, छोरा शोमनाथ घिमिरे, छोरीहरु बिना घिमिरे पन्त र सन्ध्या घिमिरे खत्री, ज्वाई गोपाल पन्त, भान्जी जानवि खत्री हरुले ९६ बृध्दा बुवाहरुलाई खानाको सेवा गराएका हुन् ।
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्षसमेत रहेका घिमीरेले स्व.बुवाको पुण्य तिथिको सम्झनामा सम्पुर्ण घिमिरे परिवारद्वारा मानवसेवा आश्रम बिराटनगर शाखाको निम्ति यस बर्षभरिको लागि मासिक भोजनसेवा १०० जना बृध्दा हरुलाई योगदान गर्ने प्रतिबद्धता गरिएको बताएका छन् ।
आश्रमले स्व. बुवा कुबेर चन्द्र घिमिरे(बिद्यापति)को आत्मा शान्ति एवं बैकुण्ठ बासको लागि ईश्वरसङ्ग प्राथना गर्दै मानविय सेवामा सहजीकरण गर्ने लायन्स क्लब अफ बिराटनगर- बरगाछिका अध्यक्ष शुभाष रिजाल, मुख्य संयोजक रमेश खत्री, संयोजक ज्ञानेन्द्र खत्री र सम्पुर्ण घिमिरे परिवार प्रति धन्यवाद व्यक्त गरेको छ ।
साथै आश्रमले आश्रममा रहेका दुःखी गरिब र असहायहरुलाई सहयोग गर्न चाहनेहरुलाई आह्वान गरेको छ । सो आश्रमलाई सहयोग गर्नका लागि निम्न सम्पर्क नम्बरमा फोन तथा सम्पर्क गर्न सकिन्छ । सबैको लागि खाना, नाना र छाना, चाहना र सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा हाम्रो चाहना भन्ने प्रतिबद्दता सहित आश्रमले मानवीयताको राष्ट्र नेपालको सपना राखेको जनाएको छ ।
सहयोगापेक्षी सडक आश्रित मानवमु
सेवा र सहकार्यको लागी : ९८५५०७६
९८५५०७६००१ देखि ९८५५०७६०१५ सम्मका सम्पर्क नम्बरहरु
९८४३३४७६००१ देखि ९८४३३४७६४९ सम्म
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd
ज
वि.सं.२०७९ साउन ३ मंगलवार १५:४१ मा प्रकाशित

























