काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफुले बोल्दा तालि नबजाएको भन्दै कार्यकर्तासँग असन्तुष्टी पोखेका छन् । बुधबार एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो असन्तुष्टी पोखेका हुन् ।
एमालेभित्रको आन्तरिक एकताबारे भाषण गरिरहेका थिए । तर, उनको अपेक्षाअनुसार तालि नबजेपछि असन्तुष्ट भए ।
“(टेबुल ठोक्दै) नेकपा एमाले एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाँधा व्यवधानसँग जुध्दै, तिनलाई पराजित गर्दै विजय हासिल गर्छ”, ओलीले यति भनिरहँदा थोरैले मात्रै ताली बजाएका थिए । थोरैले ताली बजाएको देखेर झोक्किँदै ओलीले भने, “ताली बजाउनु भो, थोरैले बजाउनु भो । धेरै साथीहरु ताली बजाइराख्नु भाछैन । हामी इमानदारिताका साथ लाग्छौं होइन ?”
ओलीले ताली नबजेपछि दोहोर्याएर आफ्नो भनाइ राखेका थिए । उनले दोहोर्याएर भनेपछि भने पहिलेको भन्दा अलि बढि आवाजमा ताली बजेको थियो । तर पनि ओलीलाई चित्त बुझेको देखिएन ।
उनले फेरि भने, “अझै बजाइ राख्नुभएको छैन !” त्यसपछि भनेपछि भने कार्यकर्ताले ठुलो आवाजमा ताली बजाएका थिए । त्यसपछि भने ओलीले कार्यकर्तालाई फेरि प्रतिवद्धता जनाउन लगाएर भने, सहामी इमान्दारीताका साथ लाग्छौ, अस्तिको जस्तो चुनाव हुन दिँदैनौ । हाम्रो प्रतिवद्धता हो । अस्तिको चुनाव राम्रो भएन ।”
वि.सं.२०७९ साउन ४ बुधवार १४:४३ मा प्रकाशित






























