काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग आगामी चुनावमा गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन् ।
प्रचण्डले एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने पनि बताए । कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई प्रचण्डकाे आग्रह छ ।
‘अब आगामी चुनावसम्म एमालेसँग गठबन्धनको च्याप्टर क्लोज भयो,’ प्रचण्डको भनाइ उद्धत गर्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले भनेका छन्, ‘तत्कालका लागि त्यो सम्भावना छैन। हामी कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ।’
केही नेताहरूले एमालेसँग गठबन्धन गर्नुपर्ने धारणा राखिरहेका बेला प्रचण्डले गठबन्धनबारे स्पष्ट पारेका हुन् । प्रचण्डले पार्टीकाे पहिलाे प्राथमिकता समाजवादी माेर्चा निर्माणकाे काम भएकाे पनि बताएका छन् । हालको गठबन्धनभित्रकै वापमन्थी दलहरुबीच मोर्चा बन्ने उनकाे भनाइ छ ।
सम्बन्धित समाचार
अन्योलमा पदाधिकारी चयन : आलटाल गर्दै प्रचण्ड, टुंग्याउन नेताहरुको माग
वि.सं.२०७९ साउन १२ बिहीवार १४:१२ मा प्रकाशित






























