back
CTIZAN AD

पाटे बाघको संख्यामा दोब्बरले वृद्धि

वि.सं.२०७९ साउन १४ शनिवार

1K 

shares

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ ।

बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको सङ्ख्या बढेको बताइएको छ । “सन् २०२२ भित्रै बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता पुरा भएको छ”, उहाँले भन्नुभयो, “यसलाई निकै ठूलो उपलब्धिका रुपमा लिएका छौँ ।” गत वर्षको माघ २९ देखि २१ दिनसम्म स्वचालित क्यामेराको सहायताले बाघ गणनाको कार्य गरिएको थियो ।

शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रका रुपमा निकुञ्ज परिचित रहेको छ । निकुञ्जमा सन् २००८ देखि बाघ गणनाको कार्य हुँदै आएको छ । सन् २००९ मा निकुञ्जमा बाघको सङ्ख्या आठ वटा मात्रै रहेको थियो । त्यो सङ्ख्या बढेर अहिले ३६ पुगेको छ ।

अघिल्लो वर्ष निकुञ्जमा १९ वटा पाटेबाघ फेला परेका थिए । सन् २०१३ मा १७, सन् २०१८मा १६ वटा पाटेबाघ देखा परेका थिए । निकुञ्जमा दुई वर्षको अवधिमा दुई वटा बाघ मृतावस्थामा फेला परेका थिए । निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रासस

वि.सं.२०७९ साउन १४ शनिवार १२:५८ मा प्रकाशित

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...