back
CTIZAN AD

जापानका विभिन्न क्षेत्रमा रोजगारीका लागि ८५० नेपाली जापान जाँदै

वि.सं.२०७९ साउन १८ बुधवार

816 

shares

काठमाडौं । विभिन्न क्षेत्रमा काम गर्नका लागि ८५० जना नेपाली जापान जान पाउने भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार जापानीज भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका ८५० जना नेपालीलाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार नेपाल र जापान सरकारबीच २०१९ मा भएको एक श्रम सम्झौता अनुसार सो प्रणाली अनुरुप जापनिज भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरुले जापानको १४ वटा विभिन्न पेशागत क्षेत्रहरुमा रोजगारीका लागि जान पाउन भएका हुन् ।

जापानमा रोजगारी दिने गरी गरिएको उक्त समझदारी पत्रमा उल्लेख भएको संयुक्त, कार्यसमितिको पहिलो बैठक ुन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको र पहिलो बैठकले गरेका निर्णय अनुसार जापानमा केअरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेण्टहरुमा झण्डै ८५० नेपालीहरुले एसएसडब्लु् प्रणालीको लाभ लिइरहेको विज्ञप्तिमा जनाइएको छ ।

सोहि कार्यसमितिको १९ गते बिहीबार मन्त्रालयका सचिव राजीव पोखरेलको संयोजकत्वमा परराष्ट्र मन्त्रालय र कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरुसमेतको सम्मिलित चार सदस्यीय प्रतिनिधि मण्डल र जापान सरकारको तर्फबाट सहायक उपपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको टिम बैठकमा सहभागी हुने बताइएको छ ।
सोहि बैठकले नेपाली नागरिकहरुलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहद छलफल गरी उपयुक्र्त निर्णयका लागि श्रम मन्त्रालय र जापानको सम्बद्ध मन्त्रालयमा सिफारिस गरिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमीरेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १७:१५ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...