back
CTIZAN AD

कुमारी बैंकको नाफा ४३.८७ प्रतिशत वृद्धि

वि.सं.२०७९ साउन १८ बुधवार

735 

shares

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४३.८७ प्रतिशत बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेर ६ अर्ब ३८ करोड ७ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ७५ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेर ८१ करोड ८८ लाख २ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४९ लाख ६० हजार रुपैयाँ, सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेर ३ अर्ब ९८ करोड ८१ लाख ५८ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ६२ प्रतिशत बढेर १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेर १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष २९.१४ प्रतिशत बढेर ६ अर्ब ४७ करोड ४९ लाख ९४ हजार रुपैयाँ, निक्षेप २१.२१ प्रतिशत बढेर १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र कर्जा ११.२२ प्रतिशत बढेर १ खर्ब ५३ अर्ब ३६ करोड ९८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ २७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४.२० रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १६:५२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...