back
CTIZAN AD

धरानको बराह सहकारीले भन्यो–संकटमा छौं तर बचत तथा लगानी कुनै हालतमा पनि डुब्न दिन्नौ

वि.सं.२०७९ साउन १९ बिहीवार

1.2K 

shares

काठमाडौं । धरान उपमहानगरमा बराह ग्रुपद्धारा सन्चालितत बराह बचत तथा ऋण सहकारी संस्थाले बचत तथा लगानीकर्ताको रकम कुनै हालतमा पनि डुब्न नदिने बताएको छ ।

बराह सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्माद्धारा बुधबार जारी विज्ञप्तिमा बैंकिङ तरलता तथा कम्पनीसँग भएका चल–अचल सम्पत्तिलाई तत्काल तरलता निवारणको स्रोत बनाउन कठिन भएको कारण लगानीकर्ता र बचतकर्ताको पैसा तत्काल फिर्ता गर्न केही ढिलाई भए पनि प्रचार गरिएजस्तो पैसा डुब्ने अवस्थामा बिल्कुल नरहेको बताइएको छ ।
‘हामी यसप्रकारको संकटबाट केही समयमै पार लगाउने छौं भन्ने प्रतिबद्धता व्यक्त गर्दछौं । अनर्गल प्रचार र प्रशारबाट हामी कसैको हित हुँदैन । थप विश्वासीलो भरोसायुक्त व्यवसाय तथा बचतकर्ताको भुक्तानीको वातावरण बनाउनका लागि हामी पुरै इमान्दारीताका साथ लागि रहेका छौं ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष विश्वकर्माले सहकारीका पदाधिकारी तथा जिम्मेवार कर्मचारीको नाममा रहेको चल–अचल सम्पत्ति र बैंकमा रहेको स्थिर सम्पत्ति तथा बैंक खाताहरु रोक्का गर्न भनि राष्ट्र बैंक लगायत ११ वटा सरोकारवाला निकायलाई पत्राचार गरेको कुराले स्तब्ध बनाएको बताएका छन् ।

‘यस सहकारीमा उत्पन्न समास्या समाधानका लागि बचत तथा लगानीकर्ता पीडितहरुको पहलमा गठन गरिएको संघर्ष समितिको अनुरोधमा धरान उपमहानगर प्रमुखस्तरीय निर्णयबाट पाँच सदस्यीय छानविन समिति गठन भएको र त्यस समितिले ‘संकटउन्मुख अवस्थामा रहेको’ निश्कर्षकै आधारमा गरिएको यसप्रकारको कदमले हामीलाई स्तब्ध बनाएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाको यसप्रकारको निर्णय र कार्यले ‘हातखुट्टा डोरीले बाँधिएको अवस्थामै काम गर’ भन्ने अर्थमा आफुहरुले लिएको र यस कदमप्रति पुर्नविचार गर्नका लागि समेत सो कम्पनीले बचतकर्ता, लगानीकर्ता र सेयरसदस्य तथा शुभचिन्तक लगायतमा अपिल गरेको छ ।

त्यसैगरी साउन १५ गते संघर्ष समितिका नामबाट केही गलत व्यक्तिहरुबाट गरिएको उपमहानगर कार्यालयका भौतिक संरचनामाथिको तोडफोड, उपमहानगर प्रमुख, उपप्रमुख र जिम्मेवार अधिकृत कर्मचारी माथि भएको गाली गलौज र दुव्यर्वहारप्रति कम्पनीले दुःख व्यक्त समेत गरेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १२:२१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...