back
CTIZAN AD

एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी

वि.सं.२०७९ साउन १९ बिहीवार

666 

shares

जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो खुलेको हो । अबको एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए ।

“हामी भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उपकुलपति साहले भने, “लगभग सबै तयारी भइसकेको छ, नयाँ सत्र सञ्चालनसँगै एमडी एमएसको भर्ना खुला गर्छाँै ।” प्रतिष्ठानसँग आफ्नो स्वामित्वको अस्पताल नहुँदा एमडी एमएस कक्षा सञ्चालनमा कठिनाइ भएको थियो । उनले भने, “तर प्रदेश सरकारले प्रादेशिक अस्पतालको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेपछि एमडी एमएस कक्षा सञ्चालन गर्न सहज भएको छ ।”

स्थापना भएको करिब दुई वर्षकै अवधिमा बिएसी नर्सिङ, बिपीएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालनको तयारी गरेको हो ।

मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थाेपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा साहले बताए । विसं २०७७ कात्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यताप्राप्त गरी विसं २०७८ मङ्सिर महिनादेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्ष सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी शिक्षण प्रशिक्षण कोर्षअन्तर्गत बिएन एस सङ्कायमा १६, बिएसी नर्सिङ, बिपीएच र बिएमएलटीमा एक–एक जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।

 

वि.सं.२०७९ साउन १९ बिहीवार १२:०० मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...