back
CTIZAN AD

अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि दैनिक काम प्रभावित

वि.सं.२०७९ साउन १९ बिहीवार

681 

shares

वीरगञ्ज । बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरवाही गरेको भन्दै नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि कार्यालयको नियमित कार्य प्रभावित हुँदै आएको छ । मन्त्रालयले २०७९ साउन ११ गते सचिवस्तरको निर्णयलाई उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हरिलाल पुरीको सरुवा गरेको भए पनि मन्त्रालयले पुनः २०७९ साउन १५ गते उक्त निर्णय उल्टयाउँदै पुनः पुराना सुमनकुमार कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा बहाली गरेसँगै विवादले चरम रूप लिएको छ ।

पुराना प्रमुख प्रशासकीय अधिकृत कार्कीले कार्यालयको कार्यसम्पादन गर्दा नगरसभाका पदाधिकारीसँग समन्वय नगरी काम गर्दै आएकाले उनलाई कार्यालयमा पुनः हाजिर नगराउने अडानका साथ नगरप्रमुख पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गरेका छन् ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई यही साउन १३ गते कार्यालयमा हाजिर भइसकेका पुरीको स्थानमा पुनः कार्कीलाई मन्त्रालयले बहाली गरेपछि समस्या सिर्जना भएको हो । पुनः सरुवा थमौती भएका कार्की सो नगरपालिकामा विगत करिब दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । यता यसबारे प्रमुख प्रशासकीय अधिकृत कार्कीले आफू कर्मचारी भएकाले आफूलाई खटाइएको स्थानमा काम गर्ने प्रतिक्रिया दिए ।

यसबारे मन्त्रालयका प्रवक्ता (सहसचिव) वसन्त अधिकारीले नगरपालिकामा नगरसभाका पदाधिकारीसँग प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको वा कुनै गल्ती काम गरेको भए मन्त्रालयमा लिखित निवेदन दिन सक्ने तर नगरप्रमुखले आफँैले तालाबन्दी गर्न नमिल्ने बताए ।

वि.सं.२०७९ साउन १९ बिहीवार १३:४९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...