काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश १, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
त्यस्तै आज पाँचथर, ताप्लेजुङ,संखुवासभा,रामेछाप, दोलखा, सिन्धुपाल्चोक र कालिकोट भइ बहने स–साना नदीको बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
वि.सं.२०७९ भदौ २ बिहीवार ०९:०९ मा प्रकाशित




















