back
CTIZAN AD

ओली र देउवावीच बालुवाटारमा भेट, के भयो त कुराकानी ?

वि.सं.२०७९ भदौ ८ बुधवार

777 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

झण्डै ६ महिनापछि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र ओलीद्धयको भेटमा एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका एमाले नेताहरु समेत उपस्थिति रहेको थियो ।

उक्त भेटवार्ता सकारात्मक भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

उक्त भेटवार्तामा एमाले अध्यक्ष ओलीले आगमी निर्वाचन, शान्ति प्रक्रिया, मूल्यवृद्दि लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ ।

अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय तथा घोषणाका सम्बन्धमा आफुहरुसँग कुनै परामर्श नगरेको गुनासो गर्दै ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित हुनुपर्नेमा देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

त्यसैगरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन ध्यानाकर्षण गराएको तथा राष्ट्रपतिले पुर्नविचारका लागि संसदमा फिर्ता गरेको नागरिकता विधेयक छलफलै नगरी हुबहु पारित गरिएको विषयमा पनि ध्यानाकर्षण गराएका गिए ।

त्यस्तै पछिल्लो समय महँगी बढ्दै गएकाले जनजीविका प्रभावित भएको अवस्थामा त्यसका लागि सरकारले पहल नगरेको भन्दै ध्यानाकर्षण गराएको समेत बताइएको छ ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले ओलीले राखेका कुराहरु सकारात्मकरुपमा लिर्दै गठबन्धनमा कुरा राख्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । साथै प्रधानमन्त्रीले ‘निष्पक्ष चुनाव गराउन सरकार प्रतिवद्ध रहेको विश्वास व्यक्त गरेका थिए ।

 

वि.सं.२०७९ भदौ ८ बुधवार १२:०९ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...