back
CTIZAN AD

बालेनको डोजर अभियान : भत्किए काठमाडौं मल, आरबि कम्प्लेक्स लगायतका अवैद्य संरचना

वि.सं.२०७९ भदौ ८ बुधवार

1.3K 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीमा रहेका विभिन्न अवैद्य संरचना भत्काउने अभियानको थालनी गरेका छन् ।

यसअघि नर्भिक अस्पतालमा बनेको अवैद्य संरचना भत्काउन आदेश दिएका मेयर बालेनले मंगलबार बानेश्वर चोक क्षेत्रमा रहेका अवैद्य संरचना भत्काएका छन् । सोहि अभियानलाई निरन्तरता दिँदै बालेनले बुधबार पुनः डोजर अभियान संचालन गरेका हुन् ।

काठमाडौंमा नक्शा पास नगरी अवैद्य रुपमा बनाएर व्यवसाय संचालन गरिएका संरचनामा डोजर चलाउन सुरु गरेका बालेनले बुधबार बिहान सुन्धारास्थित काठमाडौं मल, आरबि कम्पलेक्स तथा रन्जना गल्लीमा रहेका संरचना पनि धमाधम भत्काएका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित फिल्डमै पुगेका मेयर साहले नक्सा पास गर्दा भन्दा अन्य प्रयोजनका लागि संरचना बनाइएको भन्दै अवैद्य संरचना भत्काउने अभियानमा लागेका हुन् ।

मेयर साहले महानगरले यसअघि संरचना खाली गर्न ३५ दिने सूचना निकालेर जानकारी दिइएको समेत बताएका छन् ।

May be an image of 10 people, people standing and outdoors

वि.सं.२०७९ भदौ ८ बुधवार १४:१२ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...