back
CTIZAN AD

नेपालमै बन्ने भए ८५ इन्चसम्मको सामसङ टिभी

वि.सं.२०७९ भदौ ८ बुधवार

972 

shares

काठमाडौं । सामसङ टिभी नेपालमै उत्पादन हुने भएको छ । अर्को वर्षदेखि ८५ इन्चसम्मको सामसङ टिभी नेपालमै बन्ने भएको हो ।

कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भएको छ ।

बुधबार नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरेका छन् । सन् २०२३ मै सञ्चालनमा ल्याउन लागिएको फ्याक्ट्रीमा कुल ५० करोड लगानी हुने नेपाली साझेदार एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुने बताइएको छ । नेपाली फ्याक्ट्रीमा ८५ इन्चसम्मका टिभी र त्यसको प्यानल समेत उत्पादन हुने बताइएको छ ।

सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा १५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउनेसमेत बताइएको छ ।

केही दिनमै उद्योगको फिटङ सुरु हुने नेपाली लगानीकर्ता एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष गोल्छाले बताए । गोल्छाले सामसङ इलेक्ट्रोनिक्ससँगको २२ वर्ष लामो व्यापार साझेदारीले नेपालमै फ्याक्ट्री बनाउने वातावरण बनेको बताए ।

वि.सं.२०७९ भदौ ८ बुधवार १५:४७ मा प्रकाशित

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...