काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एक्लै निर्वाचनमा जान सक्षम रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन् ।
उनले अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ । तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’
उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।
वि.सं.२०७९ भदौ ११ शनिवार १६:२२ मा प्रकाशित






























