back
CTIZAN AD

बुटवलबाट पर्वत जाँदै गरेकी पंङगेनीले जब झोलाभरी सुनका गहना भेटिन्..

वि.सं.२०७९ भदौ १५ बुधवार

1.4K 

shares

पर्वत । बुटवलबाट पर्वत जान लागेकी पैँयु गाउँपालिका वडा न ४ यैङथोककी सितल पङगेनी जब घर पुगिन् । तब झोला खोल्दा सुनका गहना देखेर दंग परिन् ।

बुधबार बुटवलबाट पर्वत जान बसमा चढेकी पंगेनी जब बसबाट झरेर घर पुगेर छोराछोरीका लागि कपडा निकाल्न झोला खोलिन् तब झोलामा तिलहरी, सिक्री लगायतका गरगहना सहित अर्कैका कपडा देखेपछि आश्चर्यमा परिन् ।

‘मेरो झोलामा त बच्चाका कपडा बाहेक केही छैन् कसको झोला हो, कहा पुग्ने हुन मलाई केही थाह छैन् अब के आधारमा झोला बुझाइदिने ?’ उनले भनिन्, ‘उस्तै मन भएको भए राख्न पनि सक्थे तर अर्काको एक रुपैया खानु छैन् । त्यसैले जसरी भए पनि झोला सम्बन्धित व्यक्ति सम्म पु¥याइदिनु छ ।’

पंगेनीले पैँयु गाउँपालिका उपाध्यक्ष याम कुमारी रानालाई यसबारेमा जानकारी गराउँदै गहना जसको हो उ समक्ष पुर्याउन पाउ भन्दै सहयोग मागेकी छन् ।

उपाध्यक्ष रानाले पनि सुनका सम्बन्धीत धनीले आफ्नो सम्पर्क नम्बर ९८४६०८३७८६ मा फोन गरेर आफ्नो सामान भएको प्रमाणित गर्ने कागजात लिएर सम्पर्क गर्न अनुरोध गरेकी छन् ।

पंगेनीले बसमा खचाखच भिड रहेको र आफ्नो झोला पनि सोहि रंगको रहेकोले भुलवस सो झोला बोकेर झरेको बताएकी छन् ।

वि.सं.२०७९ भदौ १५ बुधवार १८:२८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...