back
CTIZAN AD

मिटरब्याजी पीडितको गुनासो, १४ लाखको ४४ लाख तिर्दा पनि ऋण सकिएन

वि.सं.२०७९ भदौ १६ बिहीवार

828 

shares

पोखरिया । मिटरब्याजीको चङ्गुलमा फसेर सास्ती खेप्नुपरेको तथा घरबारविहीन हुन पुगेको भन्दै वीरगञ्जमा बुधबार एकैपटक तीन घरपरिवारका सदस्यले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेका छन् ।

सबै जग्गा जमिन बेचेरे दिए पनि अहिलेसम्म कर्जा जस्ताको तस्तै रहेको भन्दै पीडितले मिटरब्याजीलाई कारवाहीको माग गरेका छन् ।
रौतहटको मौलापुर नगरपालिका–२ सोनरनियाका दयाशङ्करप्रसाद यादवले २०७६ साल असोज महिनामा बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसँग १४ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको व्याजबापत उनले रु ४२ लाखभन्दा बढी तिरिसकेको भए पनि ऋण चुक्ता हुन नसकेको दयाशङ्करकी आमा सुनैना देवी र श्रीमती सन्ध्या यादवले बताए । उनीहरुले मिटरब्याजी अनिललाई कारवाहीको माग गरे ।

ऋण चुक्ता गर्ने बेला नगदमा पैसा लिएको तर विश्वासका लागि भन्दै ऋण लिने तथा तमसुक बनाउने बेला मिटरब्याजी अनिलले लिएको चेक हाल पैसा दिए पनि जानीजानी बाउन्स गराई आफ्नो छोरालाई कारागार पठाउन बाध्य बनाएको ७३ वर्षीया आमा सुनैना देवीले गहभरी आँशु पार्दै भनिन् ।

उनले मिटरब्याजीका कारण आफ्नो परिवार सडकमा आएको गुनासो गरे । अनिल बाराकै प्रसौनी गाँउपालिका–३ नौतन गण्डकस्थित रामजानकी आधारभूत विद्यालयमा कार्यरत शिक्षक रहेको बुझिएको छ । आफू मिटरब्याजीको धन्दा चलाउने व्यक्ति नभएको र आफ्नो बद्नामी चाहने व्यक्तिहरुले आफूविरुद्ध उजुरी हालेको उनको भनाइ छ ।

हालै सरकारले मिटरब्याजीविरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिलविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैना देवीसँगै तीन जनाको उजुरी परेको छ ।
अनिलविरुद्ध सुनैनासँगै बाराकै कलैया उपमहानगरपालिका–१ का युगलकिशोर यादव र महागढीमाई नगरपालिका–७ का किशोरीप्रसाद यादवले पनि उजुरी हालेका छन् । उजुरीकर्ता युगलकिशोरले २७ लाख रुपैयाँ ऋण दिएर ८१ लाख रुपैयाँको कपाली तमसुक बनाएको र हाल पैसा सबै चुक्ता गरे पनि बन्धकी राखिएको कागज फिर्ता दिन आलटाल गरिरहेको बताए ।

त्यस्तै अनिलसँग मिटरब्याजमा ७५ लाख रुपैयाँ ऋण लिएको तर उक्त ऋणको ब्याज मात्रै पाँच करोड रुपैयाँ तिरिसक्दा पनि ऋणको साँवा र ब्याज अझै तिर्न बाँकी रहेको देखाइएको अर्का पीडित किशोरीप्रसाद यादवको दुखेसो छ । रासस

वि.सं.२०७९ भदौ १६ बिहीवार ०९:१२ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...