
काठमाडाैं । कोभिड–१९ महामारीको कारण लामो समयदेखि हुन नसकेको ‘टोमाटिना’ यस वर्ष भव्य हल्लासका साथ मनाइएको छ । स्पेनको बुनोलमा अगस्ट ३१ का दिन टोमाटिना अर्थात् टमाटर लडाइँ भव्य रुपमा खेलिएको थियो ।
बुनोलका सडकमा मानिसहरूले एकअर्कालाई टमाटरहरू हानेर उत्सव मनाए । शहरको मुख्य–मुख्य सडकमा टोमाटिना मनाइएको थियो ।
नेपाल र भारतमा खेलिने होली जस्तै स्पेनमा टमाटर हान्ने गरिन्छ ।
तस्बिर : रोयटर्सबाट