back
CTIZAN AD

छोरीको उपचार गर्न काठमाडौं आएकी कन्नदेवी मुगु फर्किन सकिनन्

वि.सं.२०७९ भदौ १६ बिहीवार

870 

shares

बुढानिलकण्ठको चपली हाइट । त्यहाँबाट डेढसय मिटर भित्रको आफन्तको कोठामा आश्रय लिएर बसेकी छन् कन्न देवी शाही ।

मुगुको सोरु गाउँपालिका ५ नेरकी कन्नदेवी यतिबेला ११ वर्षीया छोरी प्रगति शाहीको थप उपचारका लागि आफन्तकोमा आश्रय लिएर बसेकी हुन् ।
गत जेठ २६ गते श्रीमान बिते । असारमा छोरी प्रगति शाही पिङ खेल्ने क्रममा लडिन् । लडेर गम्भीर घाईते भएकी प्रगतिलाई तत्कालै दिनभरीको बाटो बोकेर जिल्ला अस्पताल गमगढीमा उपचारका लागि लगियो । त्यहाँ उपचार सम्भव नभएपछि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पुगिन् ।

‘कठै, घरबाट हिँड्दा ३ हजार लिएर हिँडेकी हुँ । त्यहि पनि छोरी बोक्नेहरुलाई खुवाउँदा र खर्चपानी दिँदा सकियो । कर्णाली अस्पतालले सहयोग नगरेको भए त छोरी मर्थि नि !’ संसारन्युजसँग कन्नदेवीले भनिन् ।

कर्णाली अस्पतालमा आउँदा आफन्तसँग १० हजार ऋण मागेर आएको कन्नदेवीले बताइन् ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनि चौध दिन बसेर छोरीको उपचार गरिन् । त्यहाँ १४ दिन बस्दा बस्ने खाने बाहेक सबै अस्पतालले नै बेर्होयो । १४ दिनसम्म पनि छोरीलाई निको नभएपछि कर्णाली अस्पतालबाट थप उपचारका लागि उनी काठमाडौंको मनमोहन कार्डियोलोजीमा आइन् । कर्णाली अस्पतालले नै प्रगतिलाई थप उपचारका लागि त्यहाँ रेफर गरेको थियो ।

‘कर्णाली अस्पतालका डाक्टरहरु, बैंकका हाकिमहरुले मलाई ४० हजार पैसा उठाएर दिएका थिए । जुम्लाबाट नेपालगन्ज अनि नेपालगन्जबाट काठमाडौं आउँदा २७ हजार भाडा तिरे ।’ कन्नदेवीले सुनाइन् ।

घरायसी आर्थिक अबस्था कमजोर रहेका कारण कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले उनकी छोरीलाई निशुल्क औषधि उपचारका लागि सिफारिस गरिदिएको आधारमा मनमोहन कार्डियोलोजीले एकसाता अस्पतालमा राखेर अप्रेसन गरेर फोक्सोको बिग्रीएको भाग काटेर फ्याकिदिएको छ ।

अप्रेसन सकेको केही दिनमै डिस्चार्ज भएर बुढानिलकण्ठस्थित आफन्तकोमा आश्रय लिएर बसेकी कन्नदेवीलाई अहिले पिर छ अब घर कसरी जाने भन्ने ।

अस्पतालमा रहेका बेला केही मनकारीहरुले सहयोग गरेको पैसा उनले छोरीको उपचारका लागि औषधि किन्न र खानका लागि खर्च गरिन् । यतिबेला कन्नदेवीलाई विरामी छोरीका लागि पोषिलो खानेकुरा किन्न समेत पैसा छैन । त्यसका साथै अस्पतालले अव घर गए हुन्छ भनेका दिन घरसम्म पुग्ने खर्चसमेत उनीसँगै नभएको पीडा पोखिन् ।

‘सहयोग नपाएको भए मेरी छोरी मर्निथि । बचाउन त बचाए अब पूर्ण निको कसरी बनाउने र घर कसरी फर्किने भन्ने चिन्ता छ । राम्रो खानेकुरा किनेर खुवाउने पैसा पनि छैन । घर कसरी पुग्नेहोला भन्ने पीडा छ । खेतीपाती स्यार्हानु छ । छोराहरुले दोर्होदैनन् ।’ घरतिरको चिन्ता गर्दै कन्नदेवीले भनिन् ।

आफन्तको सानो कोठामा भर्खरै ठूलो अप्रेसन गरेकी छोरीलाई चिसो भूइँमै राखेर बसेकी छन् कन्नदेवी । गालामा हात राखेर सोचमग्न हुँदै भन्छिन्–अब छोरीलाई कसरी छिटो सन्चो बनाउने हो भन्ने पिर छ ।’

गाउँबाट आएर संघर्ष गरेर गाउँका धेरै युवा युवतीले आफ्नो भविष्य बनाएजस्तै कन्नदेवीलाई पनि छोरीलाई राजधानीको कुनै स्कुलमा राखेर मनग्ये पढाउने चाहना र रहर छ । भन्छिन्–यसको घाउ सन्चो भएपछि तपाईहरुले सोचिदिनुहोला यसलाई राम्रो शिक्षा दिन सकेमा आफुजस्तै दुःखी र गरिबहरुको सेवा गर्थि कि !’

सम्बन्धीत समाचार

छोरीको उपचार खर्च नभएर मनमोहनमा छट्पटाउँदै मुगुकी कन्नदेबि

अपडेटः छोरीको उपचारमा मुगुकी कन्नदेवीको संर्घष, सहयोगको अपिल

वि.सं.२०७९ भदौ १६ बिहीवार १४:१० मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...