back
CTIZAN AD

अपडेटः छोरीको उपचारमा मुगुकी कन्नदेवीको संर्घष, सहयोगको अपिल

वि.सं.२०७९ भदौ २ बिहीवार

885 

shares

मुगु । मुगु जिल्लास्थित सोरु गाउँपालिका–५ बिकट नेर गाउँकी एकल महिला कन्नदेबी शाही आफ्नी ११ बर्षीय छोरी प्रगतिको उपचारका लागि काठमाडौ महाराजगंजस्थित मनमोहन कार्डियोलोजी अस्पतालको एनेक्स ६१४ बेडमा संर्घष गरिरहकी छन् ।

गत असारमा पिङ्ग खेल्दा लडेर स्तनमा घाउ भई सिकिस्त हुन थालेपछि छोरीको ज्यान बचाउन कन्नदेबी गत साउन १५ गते छोरी लिएर गमगढी अस्पतालमा पुगिन् । उक्त अस्पतालले औषधि उपचार गर्न नसकेपछि उनी फेरि छोरी बोकेर गाडीमार्फत कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पुगिन् ।

प्रतिष्ठानमा १३ दिनसम्म औषधि उपचार गर्दा छोरीको स्तनको घाउ निको नहुने भएपछि प्रतिष्ठानले काठमाडौको मनोमहन कार्डियोलोजमा रिफर गरेको थियो ।
घरयासी आर्थिक अबस्था कमजोरका कारण कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले उनकी छोरीलाई निःशुल्क औषधि उपचारका लागि सिफारिस लेखेको आधारमा मनमोहन कार्डियोलोजीले निशुल्क उपचार सुरु गरि दिएपनि कन्नदेबीको साथ पैसा नहुँदा खान खर्च तथा बाहिरबाट औषधि किनेर ल्याउन सकस भएको छ ।

‘पैसा छैन कसरी छोरीको उपचार गरि घर फर्किने ?’ कन्नदेवीले आँसु बगाउदै भनिन्, ‘गमगढीमा आफन्तसित १० हजार सापटी मागेर छोरीको उपचारका लागि जुम्ला पुगेकी म कसरी काठमाडौ पुगे थाहा छैन । मेरो यहाँ चिनेजानेको मान्छे कोही छैन म गाउँकी महिला भाषा बुझन पनि सक्दैनन् ।’

गत जेठमा श्रीमान बितेपछि सेतै पहिरनमा पहिलोपटक काठमाडौं आएकी कन्नदेवी अस्पतालले छोरीको उपचार निशुल्क गरिदिएपछि छोरीको जीवन बचाउन सकिने केही आसा पलाए पनि आर्थिक संकटले भने मन छटपटाइरहेको छ ।

‘अस्पतालले पैसा मागे के दिउला ?’, उनले भनिन् ‘म गाउँकी महिलालाई शुद्धसित बोल्न पनि आउदैन डाक्टर साबका कुरा पनि बुझिदैन के गरु ?’

आर्थिक रकमको अभावमा उनलाई बिहान बेलुका खाना राम्रोसँग खान सक्ने अवस्था पनि छैन । कहिलेकाही बेडमै आमा छोरी दिनभर भोकै बस्ने गरेका छन् ।

शुक्रबार अप्रेसन
शुक्रबार छोरीको अप्रेसन गर्ने कुरा चिकित्सकले सुनाएपछि कन्नदेबी झन छटपटीमा छन् कन्नदेवी । उनकी छोरीको फोक्सोमा घाउ भई पाकेर पिप सहित किरा समेत रहेको एक्सरेमा देखिएपछि शुक्रबार चिकित्सकको टोली अप्रेसन गर्ने तयारीमा छन् ।

एकातिर खल्तीमा पैसा नभएको र अर्कोतिर छोरीको जटिल अप्रेसन गर्ने थाहा पाएपछि कन्नदेवीलाई न भोक न निद्रा लाग्न थालेको छ । ‘अप्रेसनमा छोरीको अबस्था के हुने हो,’ कन्नदेबी भन्छिन् ‘यस्तो संकट जीवनमा कसैलाई नपरोस ।’

May be an image of 2 people, child, people sitting, hospital and indoor

२० हजार सहयोग
छोरीको उपचार तथा खानपिनको लागि अष्टे«लियाबाट सम्शेर थापाले २० हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम सोलिडारिटी ट्रष्टकी सल्लाहाकार मीना तिवारी र अध्यक्ष चन्द्रीका राना थापा अस्पतालमै पुगेर कन्नदेबीलाई हस्तान्तरण गरेका छन् ।

थापाले दिएको उक्त रकमले कन्नदेवीलाई केही राहत समेत पुगेको छ । ‘मेरो पीडा बुझेर एकजना भगवानले २० हजार दिए,’ कन्नदेबीले भनिन् ‘उहाँलाई हाम्रा देबी देउताले रक्षा गरुन मनोकांक्षा पुरा होस् ।’

कन्नदेविले घर फर्किन र अस्पतालमै बसुञ्जेल सम्म उक्त रकमले केही सहयोग पुग्ने भएपनि उनले थप सहयोगको अपिल गरेकी छन् ।

 

 

वि.सं.२०७९ भदौ २ बिहीवार १४:२५ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...