back
CTIZAN AD

माओवादीभित्र महासचिवमा रस्साकस्सी : देव गुरुङले बाजी मार्ने सम्भावना कति ?

वि.सं.२०७९ भदौ २ बिहीवार

852 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी टुंग्याउने तयारी गरेको छ । अपरान्ह ४ बजे बोलाइएको स्थायी समिति बैठकबाट पदाधिकारीबारे निर्णय लिने तयारी माओवादी केन्द्रको छ । बुधबारको स्थायी समिति बैठक पछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आज बस्ने बैठकले पदाधिकारीबारे निर्णय लिने बताएका थिए ।

गत पुसमा महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले महासचिवलगायतका पदमा किचलो हुँदा पदाधिकारी टुंग्याउन सकेको थिएन । पटक–पटक पदाधिकारीबारे निर्णय लिन बैठक बसेको भएपनि बैठकहरु अनिर्णित बन्दै आएका थिए ।

माओवादीभित्र महासचिव पदलाई प्रचण्डको उत्तराधिकारीको रुपमा लिइएको छ । जसको कारण पनि नेताहरुबीच महासचिवमा पदमा विशेषगरी हानथाप देखिन्छ ।

सुरुवातदेखि नै दुई नेता जनार्दन शर्मा र वर्षमान पुनबीच महासचिव पदमा हानथाप देखिएको छ । तर, दुईबीचको हानथापले पेचिलो रुप लिइरहेका बेला माओवादीभित्र विकल्पको विषयमा छलफल सुरु भएको छ । पार्टी अध्यक्ष प्रचण्डले दुवैले अडान नछाडेपछि तेस्रो विकल्पका विषयमा पनि छलफल चलाइरहेका छन् ।

माओवादीभित्र शर्मा र पुनसँगै कृष्णबहादुर महरा, पम्फा भुसाल, देव गुरुङ, शक्ति बस्नेतलगायतको पनि महासचिव पदमा चर्चा छ । शर्मा र पुनको विकल्पमा यसअघि महासचिवको जिम्मेवारी सम्हालीसकेका महरा पनि उपयुक्त पात्र हुनसक्ने सुझाब पनि केही नेताहरुले अध्यक्ष प्रचण्डलाई दिएका छन् । तर, स्वयम्ले धेरै आकांक्षा नराखेको बुझिएको छ ।

अहिले विशेषगरी देव गुरुङ र पम्फा भुसालको चर्चा विकल्पको रुपमा माओवादीभित्र चलेको छ । गुरुङ र भुसालमध्ये प्रचण्डका निम्ति को सजिलो हुनसक्छ भन्ने कोणबाट छलफल चलेको देखिन्छ । प्रचण्डको निकटको हिसाबले पनि गुरुङ अगाडि देखिन्छन् ।

अर्कोतर्फ, महासचिव पदमा आकांक्षी देखिएका मध्ये गुरुङ माओवादीभित्र सिनियर नेता पनि हुन् । महरा र भुसालका समकक्षी गुरुङ शर्मा र पुनभन्दा निकै सिनियर हुन् । प्रचण्डले पार्टीभित्रको सन्तुलन नबिगार्ने रणनीतिमा गुरुङलाई अगाडि सार्ने सम्भावना धेरै छ । माओवादीका एक नेताले बताएअनुसार गुरुङलाई महासचिव बनाएर शर्मा र पुनलाई उपसचिवमा प्रस्ताव गर्ने सम्भावना बढी छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार १४:०६ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...