back
CTIZAN AD

यी हुन् सबैभन्दा धेरै संसद नजाने सांसदहरू

वि.सं.२०७९ भदौ २ बिहीवार

939 

shares

काठमाडाैं । प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक भएकाे छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका हुन् ।

लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद छन् । जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन भन्दै भीमसेन दास प्रधान गत ३ जेठदेखि २१ जेठसम्म अनुपस्थित रहे ।

यसैगरी, स्वास्थ्योपचारका लागि भारत जाँदा प्रदीप गिरि ३ जेठ ३० असारसम्म, अमेरिका भ्रमणका लागि भन्दै तुल्सी थापा ८ जेठदेखि २२ जेठसम्म र वास्थ्योपचारका लागि भारत जान गंगा चौधरी ३ जेठदेखि १५ जेठसम्म संसद बैठक अनुपस्थित भएका सभामुख सापकोटाले जानकारी दिए ।

उनका अनुसार घरायसी कामका लागि १२ जेठदेखि २ असारसम्म धर्मशीला चापागाइँ, श्रीमतीको स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि १२ असारसम्म रघुवीर महासेठ, स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि १२ असारसम्म जुली कुमारी महतो, कार्यक्रममा सहभागी हुन अमेरिका जान २६ जेठदेखि १० असारसम्म शान्ता चौधरी, स्वास्थ्योपचारका लागि भारत जान ३ जेठदेखि ३० असारसम्म कर्मा घले र अस्वस्थको कारण देखाएर ३ जेठदेखि १७ जेठसम्म सुरेशचन्द्र दास संसद बैठकमा अनुपस्थित रहे ।

यस्तै, अस्वस्थ भएर ११ जेठदेखि १७ जेठसम्म शिवकुमार मण्डल, अस्वस्थ भएर १ असारदेखि ३१ असारसम्म निर्जला राउत, निजी कामका लागि अमेरिका जान ३ साउनदेखि २२ भदौसम्मका लागि नवराज रावत बिदामा रहेका सभामुख सापकोटाले जानकारी दिए ।

उनका अनुसार व्यवसायिक कामका लागि नेपाल बाहिर रहन १५ असारदेखि तीन हप्ता विनोदकुमार चौधरी बिदामा बस्दा बिरामी, घरायसी एवं निर्वाचन क्षेत्र भ्रमणका लागि ३ जेठदेखि ३१ असारसम्म नागेन्द्र कुमार बिदामा बसेका हुन् ।

वि.सं.२०७९ भदौ २ बिहीवार १४:३६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...