back
CTIZAN AD

महाभियोग समितिमा राणाको दोस्रो दिन : उल्टै समितिलाई नै प्रश्नै प्रश्न

वि.सं.२०७९ भदौ १६ बिहीवार

915 

shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसद्‍को महाभियोग सिफारिस समिति र पुनर्स्थापित संसद्‍माथि नै प्रश्न उठाएका छन् । बयान दिने क्रममा राणाले घुमाउरो शैलीमा समिति तथा संसद्‍माथि नै प्रश्न उठाएका हुन् ।

समितिले राणालाई सोध्न ४३ वटा प्रश्नहरु तयार गरेको छ । तर, बयानको दोस्रो दिन राणाले २ घण्टाको बीचमा जम्मा २ वटा प्रश्नको मात्रै उत्तर दिएका छन् । उनले त्यसबीच उल्टै समिति र संसदमाथि थुप्रै प्रश्न उठाएका छन् ।

बयानबारे समिति सदस्य तथा कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार राणाले व्याख्यात्मक शैलीमा जवाफ दिने र उल्टै प्रतिप्रश्न गर्ने गरेका छन् । “बयानमा उहाँले धेरै भूमिका बाँधेर धेरै प्रक्रियाबाट जानुभयो, घरिघरि उहाँ फेरि समितिलाई नै प्रश्न गर्ने, संसद्लाई नै प्रश्न गर्ने अलि व्याख्यात्मक शैलीमा जानुभयो, त्यसैले समय लाग्यो”, बयानबारे विश्वकर्माले भनेका छन् ।

राणाले महाभियोग लगाउने प्रमाण नै औचित्यहिन भएको बयान दिएका छन् । उनले बारले आफ्नो राजीनामा माग्दा अघि सारेको २१ बुँदेलाई आधार बनाएर महाभियोग लगाइएको होइन भनि प्रश्न गरेका छन् । “बारले राजीनामा माग्दा सार्वजनिक गरेको थियो, त्यसैमा सही छाप गरेर ल्याउनु भएको होइन र ?”, उनले बयानका क्रममा प्रतिप्रश्न गरेका छन् ।

राणाले निरर्थक, औचित्यहीन, कुनै पनि आधार र कारणबाट पुष्टि नहुने आरोप लगाएर महाभियोेग दर्ता गरेकै भरमा आफुलाई निलम्बनमा राखिएको आरोप लगाएका छन् ।

बिहीबार बयानका क्रममा राणाले आफ्नै नेतृत्वमा व्यक्तिका नाममा भएका सरकारी जग्गा सार्वजनिक कायम र करछलीका मुद्दा फैसला भएको दाबी गरेका छन् । उनले आफ्नै नेतृत्वमा एनसेल, भाटभटेनीलगायतका ठूला करछलीका मुद्दामा फैसला भएको पनि बताएका छन् ।

बयानका क्रममा भनेका छन्, “मेरै नेतृत्वमा मेरै कार्यकालमा एनसेल, भाटभटेनीलगायतका ठूला करछलीका मुद्दामा फैसला भए । अर्बौंको करको मेरो नेतृत्वमा सरकारीकरणसमेत भएको छ ।”

बयान अब भदौ १९ गतेदेखि पुनस् सुरु हुनेछ । समिति सभापति रामबहादुर गुरुङले जानकारी दिएअनुसार शुक्रबार प्रतिनिधिसभा बैठक भएकाले १९ गते आइतबारका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार

चोलेन्द्रको जिकिर : महाभियोग निष्क्रिय भइसक्यो

वि.सं.२०७९ भदौ १६ बिहीवार १५:४२ मा प्रकाशित

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...