back
CTIZAN AD

चोलेन्द्रको जिकिर : महाभियोग निष्क्रिय भइसक्यो

वि.सं.२०७९ भदौ १५ बुधवार

786 

shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको दाबी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका राणाले यस्तो दाबी गरेका हुन् । उनले संसदको सम्मानको लागि मात्रै आफु आएको बताए ।

“महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ”, बुधबार महाभियोग सिफारिस समितिमा राणाले भने, “यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन ।”

उनले पछिल्लो वरीयतामा रहेका दीपिक कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि आफूमाथि महाभियोग लगाइएको दाबीसमेत गरेका छन् । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको बताउँदै उनले त्यसलाई अस्वीकार गरेको बताए ।

उनले भनेका छन्, “मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हो ।”

उनले प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको बताए । उनले कसैको दबाबमा काम नगर्ने पनि बताएका छन् ।

“प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको छ, म विधि र पद्धतिबाट आएको हुँ”, उनले भनेका छन्, “पार्टीको दबाबमा, मिडियाको दबाबमा काम गर्दिनँ ।”

सम्बन्धित समाचार

महाभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

महाअभियोग सिफारिस समिति बैठक : डेढ घण्टा सांसदलाई कुरे चोलेन्द्रले

वि.सं.२०७९ भदौ १५ बुधवार १४:२१ मा प्रकाशित

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...