back
CTIZAN AD

जिपी कोईराला फाउन्डेशन अमेरीकाको भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न

वि.सं.२०७९ भदौ १६ बिहीवार

786 

shares

जिपी कोईराला फाउन्डेशन अमेरिकाको न्युयोर्क उडसाईडस्थित कार्यालयमा एक विशेष भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अगस्त २७ मा सम्पन्न सो भेटघाट एवं छलफलमा गिरीजा प्रसाद कोईराला फाउन्डेशन–केन्द्रीय सदस्य श्रीमती कृष्ण खरेल, नेपाल सरकारका पूर्वसचिव शंकर खरेल, भुटानी अमेरीकनका तर्फवाट डेमोक्रेटिक पार्टीका पुर्व सिटी काउन्सिल उम्मेदवार एवं सामाजिक अभियानकर्ता जय सुवेदीलाई फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले खादा र मालाले स्वागत गरेका थिए भने फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा र प्रवक्ता रामचन्द्र अधिकारीको स्वागत रहेको थियो ।

सो भेटघाट एवं छलफल कार्यक्रममा समाजसेवीहरू विरेन्द्र मानन्धर, श्याम कार्की, राजु रौनीयार, पासांग नोर्बु शेर्पा, किरण पौडेल, विकास सुवेदी, कपील भट्ट र तेन्जींग दोर्जे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष घिमीरेले फाउन्डेशनका गतिविधि र आगामी कार्यक्रमवारे बताए । घिमीरेले स्वर्गीय गिरिजावावुले नेपाल र नेपालीभाषी भुटानी समुदायको व्यवस्थापनमा खेलेको भुमीका र प्रवासी नेपालीभाषी एक हुनुपर्नेमा जोड दिंदै त्यसका लागि आफुहरूले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मंचमा आवाज वुलन्द पार्न लागिपर्ने बताए ।

त्यसैगरी अभियन्ता जय सुवेदीले नेपालीभाषी भुटानीहरूले भुटानदेखी अमेरिका र अन्यमुलुकमा झेल्नुपरेका समस्याहरूवारे बताउँदै आफुहरुले एक वृहत अभियानमा सबै नेपाली भाषीहरूलाई समेट्दै अन्तर्राष्ट्रिय मंच र मुलधारका राजनैतिक पार्टी तथा सरकारी निकायसँग समन्वय गरी अगाडी बढेको बताए । उनले नेपाल, भारत, भुटान, वर्मा, मलेशिया, थाईल्याण्ड लगायतका दशौं देशहरुमा थातथलो रहेका र हाल विश्वभर छरीएका करिव ६ करोडको संख्यामा नेपालीभाषीहरू रहेको अनुमान गरिएको बताए ।

पूर्वसचिव शंकर खरेलले आफुले नेपालमा प्रशासक भै काम गर्दा स्व गिरीजावावु र उनको राष्ट्रिय भावना अनुरूप विकास र सहायतामा कदम चालेको र कतिपयलाई सो मन नपरे पनि दीर्घकालिक रूपमा देशको हितमा रहेको धारणा राखे ।

फाउन्डेशनकी केन्द्रीय सदस्य श्रीमती कृष्ण खरेलले फाउन्डेशनले गरेका कार्य र कृयाशीलता सारा विश्वले नियालिरहेको तथा गर्व गर्नलायक भएको बताइन् ।

त्यस्तै समाजसेवी वीरेन्द्र मानन्धरले आफुहरू फाउन्डेशनसँग हातेमालो गर्दै न्युयोर्क, अमेरीका र समग्र नेपाल र नेपालीको हकहितका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए भने समाजसेवी श्याम कार्कीले नेपालको शीर उच्च राख्न प्रवासमा रहेका नेपालीहरू लागीपरेको र आगामी दिनमा सबै नेपालीभाषीहरू एक भै नेपाललाई चिनाउन लागिपर्नेमा जोड दिए ।

यसैगरी संयुक्त राष्ट्रसंघमा कार्यरत समाजसेवी किरण पौडेलले व्यक्तिगत र संस्थागत क्षमताले भ्याएसम्म नेपाल र नेपालीजनको चौतर्फी हकहितमा डटेर लाग्ने बताए ।

फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले गिरीजावावुले भनेझैं सहमति, सहकार्य र एकताको वाटो हुँदै विश्वंभर छरिएर रहेका समस्त नेपालीजनको हकहितमा जीवन समर्पित गरेको र फाउण्डेशन अमेरीका च्याप्टरले ‘सेवा नै धर्म हो’ को अभियानमा सामाजिक कार्यहरु गर्दै आएको बताए ।

फÞाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले फाउन्डेशनले कोरोना कहर लगायत विपदमा रहेका जोसुकैलाई निष्पक्ष सहयोग गर्दै आएको र आगामी दिनहरूमा अझ शसक्त ढंगले लागिपर्ने र नेपाललाई विश्वसामु चिनाउन नेपालीभाषीहरूलाई एकताको मालामा ल्याउन फाउन्डेशनको अझ दर्विलो भुमीका रहने विश्वास दिलाए ।

 

वि.सं.२०७९ भदौ १६ बिहीवार १६:०४ मा प्रकाशित

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...