back
CTIZAN AD

गतिमा बढाउनुपर्ने नेपाल–पोर्चुगल सम्बन्ध

वि.सं.२०७९ भदौ १६ बिहीवार

1.5K 

shares

युरोपेली मुलुक पोर्चुगलसँग नेपालको औपचारीक सम्बन्ध आज सेप्टेम्बर १ मा ४७ वर्ष पुगेको छ । सन् १९७६ सेप्टेम्बर १ मा नेपाल र पोर्चुगलबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुुई देशबिचको मित्रता सहयोग र समझदारीमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धमा आधारित रहेको छ । आप्रवास नीति सरल रहेको कारण युरोपभरी रहेका वा विभिन्न स्रोतमार्फत युरोप जान चाहाने नेपालीहरु पोर्चुगल पुग्ने गरेका छन् ।

३५ हजार ६७२ वर्गमील क्षेत्रफल र १ करोड १० लाख हाराहारी जनसंख्या भएको यो देश लगभग स्पेन परीवेष्ठित छ । युरोपको दक्षिण पश्चिम छेउको आइबेरीयन पेनीसुलामा रहेको यो मुलुक पर्यटनका हिसाबले संसार प्रसिद्ध छ । प्राकृतिक अलावा मानव निर्मित पर्यटन केन्द्रहरुका कारण यहाँ संसारभरीबाट पर्यटकहरु आउने गर्दछन् । सन् २०१९ मा मात्र यहाँ २७ मिलीयन पर्यटक भित्रिएका थिए । तथ्याकंका अनुसार पोर्चुगल आउने पर्यटकले एक खेपमा लगभग १५ सय अमेरिकी डलर खर्च गरेका हुन्छन् ।

विश्व राहदानी सुचांकका अनुसार पोर्चुगलको पासपोर्ट विश्वको छैठौ शक्तिशाली श्रेणीमा रहेको छ । यहाँका नागरिक बेलायत र फ्रान्सका झैँ १८७ देशमा बिना भिसा आवत–जावत गर्न पाउँछन् । पोर्चुगल गणतन्त्रात्मक मुलुक हो, यहाँ एकात्मक चरित्रको बहुदलीय राजनैतिक प्रणाली छ ।

प्रधानमन्त्री सरकारप्रमुख रहने व्यवस्था छ भने राष्ट्रपति कार्यकारी अधिकारबिहीन राष्टप्रमुख रहेका हुन्छन् । समाजवादी पार्टी र समाजवादी लोकतान्त्रीक पार्टीले मुुख्यतयाः यहाँको शासन व्यवस्था गर्दै आएका छन् । यद्यपी मजदुरमा आधारित, बामपन्थी विचारमा आधारित र साम्यवादी विचारमा आधारित पार्टीहरु पनि विभिन्न रूपले क्रियाशिल छन् । हाल समाजवादी पार्टीका एण्टोनिओ लुईस प्रधानमन्त्रीका रूपमा रहेका छन् ।

फ्रान्सका लागि पेरिसमा रहेको नेपाली राजदूतवासले पोर्चुगलसमेत हेर्ने र नयाँ दिल्लीस्थित पोर्चुगल दूतावासले नेपाललाई समेत हेर्ने काम भैरहेको छ । नेपाल र पोर्चुगलले एकअर्काको राजधानीमा मानार्थ महावाणिज्य दूतावासहरू राखेर सेवा प्रवाह गरीरहेका पनि छन् । पोर्चुगलको राजधानी लिस्वोनमा मकरबहादु्र हमाललाई जिम्मेवारी दिएपछि केही समन्वय हुन थालेको प्रतिक्रिया नेपालीहरुबाट हुँदै आएको हो । यद्यपी पोर्टोमा मारीया थेरेसाले पनि सो काम गरीरहेकी छन् । पोर्चुगलले नेपालमा राजैन्द्र खेतानलाई मानार्थ जिम्मेवारी दिएको छ ।

पोर्चुगलमा नेपालका तर्फबाट उच्चस्तरको औपचारीक भ्रमण खासै भएका छैनन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले २४ र २५ जुलाई २०१८ मा पोर्चुगलको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा परराष्ट्र मन्त्री ज्ञवाली र पोर्चुगलका विदेश मामिला मन्त्री अगस्टो सान्तोस सिल्भासँग द्विपक्षीय भेटवार्ता गरी नेपाल पोर्चुगल सम्बन्धलाई विकास गर्न दुवै मुलुक तत्पर भएको जनाइएको थियो । नेपाल र पोर्चुगलका परराष्ट्र मन्त्रालयहरूबीच २५ जुलाई २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । राष्ट्रसंघका विभिन्न पदमा उम्मेद्वारी र अन्तराष्ट्रिय एजेण्डालगायतका विषयमा एकले अर्कोलाई सहयोग गर्न दुवै मुलुक राजी भएकाले आगामी दिनमा सम्बन्ध विस्तारको दैलो फराकिलो भएको छ । सन् २०२० जुन ८ बाट पोर्चुगल दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिलाई बधाई दिएर थप संवाद बढाइएको छ ।

सन् २००० लगत्तै नेपालीहरुको संख्या पोर्चुगलमा बढ्ने क्रम शुरु भयो । यो संख्या अहिले ४० हजारको हाराहारीमा रहेको बताइएको छ । नेपालीहरुको उपस्थिति बाक्लिएपनि देश देशका बिचको कुटनैतिक र व्यवसायीक सम्बन्ध भने सन्तोषजनक रहेको छैन । गैर आवासीय नेपाली संघका माध्यमबाट पोर्चुगलमा दूतावास माग गर्ने कुरालाई प्राथमिकताका साथ उठाइएको छ । पोर्चुगलमा रहेका राजनैतिक, सांस्कृतिक, भौगोलिक, पेशागत र कतिपय जातीय स्वरूपमा खुलेका पचासौं नेपाली संघसंस्थाले समेत दूतावासका लागि लबिङ्ग गरिरहेका छन् ।

नेपाल र पोर्चुगलबिच विकास सहयोग, व्यापार र लगानीका क्षेत्रमा सम्बन्ध थप सुदृढ पार्न जरुरी छ । औपचारीक सम्बन्धको ४७ वर्षमा गएका केही वर्ष भएको थोरै व्यापार पनि सन्तुलनमा रहेको छैन । व्यापार प्रवर्धन केन्द्रका अनुसार सन् २०१५ मा नेपालले ३ लाख ६८ हजा २८० डलर आयात गर्दा निर्यात जम्मा २ लाख ४५५ डलर मात्र रहेको थियो । सन् २०१६ मा भने ३ लाख ३७ हजार २६५ आयात हुँदा निर्यात ३ लाख ६४ हजार ९३६ भएर व्यापारमा फाइदा पुगेको थियो । सन् २०१७ मा आयात ९ लाख ९७ हजार ७४० हुँदा निर्यात जम्मा ३ लाख ६१ हजार ६५९ हुन पुगेको थियो । सन् २०१८ मा आयात ७ लाख २० हजार ३११ हुँदा निर्यात ४ लाख ५९ हजार १३६ मात्र हुन पुग्यो भने सन् २०१९ मा २,५६,५३४ आयात रहंदा निर्यातको अंक १ लाख ७८ हजार ८२८ मात्र रहेको थियो । कागज र कागजका उत्पादनहरू, ऊनी गलैंचा, हस्तकलाका तयारी पोशाक र सामानहरू, चाँदीका भाँडा र गहनाहरू, कच्चा छालाहरू जस्ता निर्यातजन्य उतपादनमा ध्यान दिई थप बजारीकरण गर्ने सम्भावना रहेको छ ।

पोर्चुगलबाट नेपालमा लगानीकर्ताको संख्या नगण्य नै रहेको छ । पोर्चुगल आफैमा पर्यटकीय देश भएर पनि नेपालले त्यसबाट खास लाभ लिन सकेको छैन । पोर्चुगलमा बढ्दो नेपाली समुदायको अनुपातमा पोर्चुगीज पर्यटकलाई नेपाल पठाउने वा त्यहाँ आउने अरु देशको विशाल संख्याका पर्यटकबिच नेपाल पठाउने प्रचारको रणनीति बढाउन जरुरी छ ।

पोर्चुगलमा रहेको नेपालको ठूलो जनशक्तिको परीचालन तथा आवश्यक समन्वय गर्न नेपालले आन्तरीक योजना बनाउन जरुरी छ भने दुई देशबिच रहेको विवादरहित मित्रताको अधिकतम सदुपयोग गर्दै निर्यातजन्य रणनीति तय गर्नुपर्दछ । ठूलोे नेपाली समुदाय भएको पोर्चुगलमा अब दूतावास खोलेर सम्बन्धलाई गतिमा बढाउनु बान्छनीय छ ।

याे पनि…

पोर्चुगल आउने बाटो कुन होइन ?

वि.सं.२०७९ भदौ १६ बिहीवार १६:३१ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...